काठमाडाैं: केरुङ-काठमाडाैं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासाे दिएकाे छैन। उक्त याेजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेकाे संकेत गर्दै चिनियाँ टाेली फर्किएकाे लामाे समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढाइएकाे हाे।

गत कात्तिक २४ गते काठमाडा‌ैंमा सम्पन्न नेपाल- चीन संयुक्त स्थलगत अध्ययनपछि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच दाेस्राे चरणकाे बैठक २०१७ डिसेम्बरमा बेइजिङमा बस्ने समझदारी भएकाे थियाे। तर नेपाली पक्षबाट चासाे नदिइँदा अहिलेसम्म बैठक बस्न सकेकाे छैन।

'दुई देशका अधिकारीबीच दाेस्राे चरणकाे बैठक डिसेम्बरमा बेइजिङमा गर्ने माैखिक सहमति भएकाे थियाे,' भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले भने, 'अाजसम्म बैठक बस्न सकेकाे छैन।' उनका अनुसार पहिलाे बैठक नेपालले  अायाेजना गरेकाले दाेस्राे चरणकाे बैठक चीनले गर्ने सहमति भएकाे थियाे।

चिनियाँ टाेली फर्किएकाे साढे दुई महिना बितेकाे छ। केही समयअघि  परराष्ट्र मन्त्रालयले बेल्ट एन्ड राेड इनिसेटिभका लागि याेजना माग गरेकाे थियाे। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ-काठमाडा‌ैं रेलमार्ग प्रस्ताव गर्न परराष्ट्रमा योजना सिफारिस गरेको प्रवक्ता शर्माले जानकारी दिए। चीनको महत्वपुर्ण परियोजनामा केरुङ-काठमाडा‌ैं रेलमार्ग प्रस्ताव गर्न भनिए पनि परराष्ट्रबाट त्यो हुन सकेको छैन।