काठमाडौं/ पूर्वराजा ज्ञानेन्द्र शाह आगामी माघ २२ गते भारत जाने भएका छन् । भारतको ओडिसामा हुने १४५ औं श्री मज्जगद्गूरु–शड्ढराचार्य स्वामी निश्चलानन्द सरस्वतीको “पट्टाभिषेक–पञ्चविंशति वर्षपुत्र्ति महोत्सव’ मा सहभागी हुन ज्ञानेन्द्र भारत जान लागेको उनका प्रेस संयोजक फणि पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गत पुस २४ मा पनि ज्ञानेन्द्र नेपापालगन्जबाट एकाएक भारतको उत्तरप्रदेश पुगेर त्यहाँका मुख्यमन्त्री योगी यादित्यनाथलाई भेटेका थिए ।