काठमाडौं/ नायक आयुष्मान देशराज श्रेष्ठले आफ्नो इन्स्टाग्राम ह्याक भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। महानगरीय अपराध महाशाखामा उनले छानबिनका लागि उजुरी दिएका हुन्।

करिब एक महिनाअघि उनको इन्ट्राग्राम ह्याक भएको थियो। उजुरीपछि केही दिनअघि महाशाखाले इन्स्टाग्राम चलाउने कम्पनीलाई पत्राचार गरी उनको अकाउन्ट ‘रिकभर’ गरिसकेको छ।

नेपालमा एक दर्जन कलाकारहरुको फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट ह्याक भएका छन्। जसमध्ये केहीको रिकभर भएको र धेरैको हुन नसकेको महाशाखाका एक प्रहरीले बताए। नायिका एलिसा राईको इन्स्टाग्राम पनि ह्याक भएको थियो।

नेपाल लाइभ