धरान/धरान –१६ स्थित नौलो बस्तिमा जन सहभागितामा ‘जोरसखुवा भुमि पार्क’ बन्ने भएको छ । पार्कको विहिबार राष्ट्रिय प्रिितनिधी सभाका संसद जयकुमार राई र धरान उप महानगरपालिकाका मेयर तारा सुब्बाले शिल्यानास गरेका छन् । धरान वडा नम्बर १६ का वडाध्यक्ष दिलकुमार गिरिले २३ कठठा क्षेत्रफलमा सुबिधा सम्पन्न आर्कषक पार्क बन्ने जानकारी दिए ।

[caption id="attachment_72456" align="aligncenter" width="1300"] पार्कको नमुना डिजाईन[/caption]

 बिहिबार संसद जयकुमार राई र मेयर तारा सुब्बाले शिल्यानास गर्नु भएको छ आर्थिक बर्ष २०७५÷७६ भित्रमा निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य छ वडाध्यक्ष गिरिले भने । उनका अनुसार पार्क निर्माणमा २० प्रतिसत जनसहहागिता रहने छ  भने बाकी बजेट धरान उप महानगरपालिकाबाट प्राप्त हुने छ । पार्क निर्माणको कुल लागत १ करोड ८७ लाख छ,यसको २० प्रतिसत जनसहभागिता रहने छ वडाध्यक्ष गिरिले भने । यो पार्क जनसहभागितामा निर्माण हुने धरानकै पहिलो पार्क हो भन्ने हाम्रो दाबि छ वडाध्यक्ष गिरिले पार्कको बिषयमा प्रष्ट्याउदै भने‘यसका लागि हामीले स्थानिय मेखबहादुर राईको अध्यक्षतामा उपभोक्ता समितीपनि गठन गरेका छौं ।

[caption id="attachment_72457" align="aligncenter" width="850"] शिल्यानासपछि सामुहीक तस्विर खिच्दै राष्टिय सभा संसद जयकुमार राई,मेयर तारा सुब्बा,प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीना,वडाध्यक्ष दिलकुमार गिरी लगायत ।[/caption]

’पार्क निर्माणका जाग्गा स्थानियबासीले नै संम्रक्षण गरेका हुन । जोर सखुवा समाज सुधार समितीले उक्त जग्गाको संम्रक्षण गरेको थियो उपभोक्ता समितीका अध्यक्ष मेखबहादुर राईले भने ‘अहिलेका वडाध्यक्ष दिलकुमार गिरि आफै समाजको अध्यक्ष रहदा नै यो जग्गा खालि राखिएको थियो,अहिले धरानकै आर्कषक पार्क निर्माणमा जुटेका छौ ।उद्घाटनपछि स्थानियसँग कुराकानी गर्दै राष्ट्रिय सभा संसद जयकुमार राईले धराने जनताले बिकासका लागि देखाएको उत्साहबाट अरु क्षेत्रलेपनि पाठ सिक्नु पर्ने बताए ।

नयाँ संबिधानले गरेको ब्यबस्था अनुसारका सबै निर्वाचन सम्पन्न भई सकेका र जनप्रतिनिधीहरु अधिकार सहित आई सकेकाले अब बिकास निर्माण लागि जनप्रतिनिधी र स्थानियबासीले एकबद्ध भएर काम गर्नु पर्ने उनले बताए ।‘सहकार्यबाट नै धेरै उपलब्धि हासिल गर्न सकिन्छ उनले भने । धरान उप महानगरपालिकका मेयर तारा सुब्बाले धरानका प्रत्येक वार्डमा हरियाली पार्क निर्माण गर्ने निती रहेकाले ‘एक वार्ड एक पार्क’निर्माण गर्ने योजना रहेको बताए । हामीले पार्कहरुलाई वालबालिका,युवा,अपाङ तथा जेष्ठ नागरिकहरुको मनोरन्जन गर्ने र अध्ययन गर्ने थलोको रुपमा बिकास गर्न खोजेका छौ मेयर सुब्बाले भने ।

धरानलाई फुलबारीको शहर बनाउने निती अनुसार अहिले बिभिन्न वडामा पार्क र सडकहरुमा फुलबारी बनाउने कार्य भई रहेको मेयर सुब्बाले बताए ।‘ अब धरानलाई पर्यटकिय रुपमा बिकाश गर्न हरेक कोणबाट अध्ययन र सोही अनुसारका कार्यहरु कार्यहरु हुनेछन् मेयर सुब्बाल भने । धरान उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद तिम्सीनाले चालु आर्थिक बर्षका ठुला योजनाहरु निर्माणको कार्य सुरु भई सकेको जानकारी दिए । हामीले ठुला योजनाहरु सबै ठेक्का लागएर काम सुरु गरि सकेका छौ उनले भने ।