काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने सोचमा पुगेको एक मन्त्रीले बताएका छन्।
आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसद्को सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माण प्रक्रिया अघि बढ्ने छ ।