मुम्बई/ नायिका प्रिया प्रकाश भारियरले इन्टरनेटमा सन्नी लियोनीलाई पछि पारेकी छिन् । उनी भिडियोमा आँखा झिम्क्याएर एकाएका चर्चामा आएकी थिईन ।
इन्टरनेटमा उनलाई ६ लाख बढीले खोजी गरेका छन् । इन्टरनेट खोजीमा उनी सन्नी लियोनीभन्दा माथी छिन् । इन्स्टाग्राममा उनलाई ३५ लाख बढीले पछ्याइरहेका छन् । इन्स्टाग्राममा उनको फलोअर्स बलिउड कलाकारमध्ये सबैभन्दा धेरै हो । प्रियंका चोपडा, दीपिका पादुकोण, कट्रिना कैफ, शाहरुख खान, अमिताभ बच्चन लगायतको पनि ३५ लाख फलोअर्स पुगेका छैनन्।