विराटनगर/  प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबलको उपाधि विराटनगरमा रहेको बिकेभिएम स्कूलले जितेको छ ।

मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा विराटनगरमा सोमबार सम्पन्न भएको फाइनलमा सगरमाथा स्कूललाई पराजित गरी बिकेभिएम स्कूलले उपाधिमाथि कब्जा जमाएको हो ।

सगरमाथालाई बिकेभिएमले २५–१८, २५–१८ र २५–१३ को सोझो सटेले पराजित गरी भलिबलको उपाधि जितेको छ । जितसँगै बिकेभिएमले ट्रफि, मेडल तथा प्रमाणपत्र हात पा¥यो । उपविजेता सगरमाथा स्कूल भयो । तृतीय विराटनगरमा रहेको मोर्डन एरा स्कूल भयो । मोर्डन एराले अरनीको स्कूललार्य २५–१९, २५–२१ र २८– २६ को सोझो सेटले पराजित गरी मोर्डन एरा तेस्रो भयो ।

प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुलाई उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य अविनास बोहरा, मोरङ विद्यालय भलिबल कमिशनको अध्यक्ष प्रेमलालसिंह सुवाल, बिकेभिएम स्कूलका प्रिन्सिपल रविन दाहालले पुरस्कार वितरण गरेका थिए ।