धरान/धरान उपमहानगरपालिकाले धरानको भानुचौक देखि छाता चौक सम्म सडकको दुबै किनारमा फुल रोप्नेकार्यको सुरुवात गरेको छ ।धरान उपमहानगरपालिकाले उपभोक्ता समिती बनाएर सडक किनारमा फुल रोप्ने कार्यको सुरुवात गरेको हो ।

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले शनिबार विहान सडक किनारमा फुलबारी बनाउन तयार गरिने रेलिङको शिल्यानास गरेका छन् । मेयर सुब्बाले अब धरानका सबै सडकमा फुलबारी बनाउने योजना रहेको बताए । हामी चरणबद्ध रुपमा फुलबारी बनाउने कार्यलाई अगाडी बढाउदै जानेछौ मेयर सुब्बाले भने ।

धरानलाई फुलबारीको शहरको रुपमा विकास गर्न उपमहानगरपालीकाले निती नै बनाएको स्मरण गराउदै उनले नगरबासीलाई आफ्नो घरमा र घर अगाडीको सडकमा फुलरोप्ने कार्य सुरुवात गर्न आग्रह गरेका छन् । भानुचौकबाट सुरु गरिएको कार्य २ महिना भित्रमा सम्पन्न हुने धरान उपमहानगरपालिकाका बरिष्ट इन्जिनियर सुरज श्रेष्ठले बताए ।

जम्मा ९ सय ७० मिटर सडकमा फुल रोपिने उनले बताए । उपमहानगरपालिकाले सडक छेउमा फुल रोप्न स्टिलको रेलिङ सहितको स्टेन प्रयोग गर्ने भएको छ । इन्जिनियर श्रेष्ठका अनुसार अहिले बनाउन लागिएको रेलिङ फोल्डीङ सिस्टमको हुने छ । ‘पछि कुनै कारणबस हामीले हटाउनु प¥र्यो भने हामी त्यसलाई फुकालेर अन्यत्र लैजानी पनि सक्ने गरि डिजाईन तयार गरिएको छ इन्जिनियर श्रेष्ठले भने ‘यसको संम्रक्षणपनि उपमहानगरपालिकाले नै गर्छ ।

धरान उपमहानगरपालिकका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाले रेलिङ र फुल रोप्ने कार्यका लागि ४६ लाख ७० हजारको स्टमेट आएको बताए । धरान उपमहानगरपालिकाले पर्यटन विकास समितीका सदस्य कृष्ण शाहलाई यो कार्यको संयोजन गर्न जिम्मेवारी तोकेको थियो ।

१ नम्बर प्रदेशमा यसरी सडकमा बगैचा बनाउने भनेर कुनैपनि शहरले कार्य गरेको छैन,धरानले यसको राम्रो सुरुवात गरि सकेको छ शाहले भने ।उपभोक्ता समितीका अध्यक्ष्य किशन अग्रवालले धरानको सौन्र्दयता बढाउने कार्यमा उपमहानगरसँग सहकार्य गरेर काम अगाडि बढाईएको बताए । लगानी उपमहानगरको छ,कार्य गर्ने जिम्मा उपभोक्ता समितीको छ उनले भने ।