चक्रघट्टि । बराह नगरपालिकाको चक्रघट्टिमा रहेको भानु आधारभुत बिध्यालयको ३० औ अभिभावक दिवस सम्पन्न भएको छ ।
बिध्यालय व्यवस्थापन समिति अध्यक्ष इनु अधिकारीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बराह नगरपालिकाका मेयर निलम खनाल रहेका थिए । बिशिष्ट अतिथि बराह नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्लिराम अधिकारी ,बिध्यालय निरिक्षक राजन गेलाल, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त अभिभावक दिबसको अवसरमा बिध्यालमा अध्ययनरत बिध्यार्थीहरुद्धारा प्रतिस्पर्धात्मक नृत्य प्रतियोगिता भएको थियो । उत्कृष्ट नृत्य प्रतियोगिलाई पुरस्कृत गरीएको थियो ।
शैक्षिक गुणस्तर अभिवृद्धि शैक्षिक क्रियाकलापहरुमा सुधार गर्दे बिध्यालयलाई आत्मनिर्भर तुल्याउन योगदान दिने स्थानिय सामाजिक राजनैतिक व्यक्तित्व साथै यस बिध्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई समेत सुम्मान गरीएको छ । सम्मानित हुनेहरुमा शिक्षक मुरारी निरौला, खेमनाथ कार्की, अवकास शिक्षक बिमला पौडेल ,समाजसेवी टेक बहादुर घिमिरे, महेश पञ्चरिया , मञ्जु अधिकारी, सुरेन्द्र गुप्ता, व्यवस्थापन समिति सदस्य ईश्वरा सुवेदी, सन्तोष शाहु, निर्वतमान बिध्यालय व्यवस्थापन अध्यक्ष चेतनाथ पौडेललाई सम्मान गरीएको छ ।
सामुदायिक बिध्यालयमा अध्ययनरत बिध्यार्थीका अभिभाबकहरुले आफ्ना बालबालिकाको अध्ययनको गतिबिधिको बिषयमा जानकारी लिन बिध्यालय सम्म पनि पुग्न नसकेको अबस्था छ। अभिभावकहरुले जानकारी लिनका लागी बिध्यालयमा उपस्थित हुन जरुरी रहेको प्रमुख निलम खनालले बताएका छन् ।
भानु आधारभुत बिध्यालयको३० औ अभिभावक दिवस सम्पन्न
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































