काठमाडौंर जीवनशैली र स्वास्थ्यमा ध्यान नदिँदा कैयौं किसिमका समस्या आउँछन् । यिनै मध्येको एक रोग एड्सभन्दा पनि खतरनाक छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्व स्तरमा एड्सभन्दा पनि धेरै मृत्यु हेपाटाइटिस बीका कारण भएका छन् । यो यस्तो रोग हो जो शरीरमा एचबीभी भाइरस फैलिएका कारण हुन्छ । यो भाइरस संक्रमित रगत वा संक्रमित व्यक्तिसँग शारीरिक सम्बन्धका कारण सर्छ । यसको कारण कलेजोमा संक्रमण फैलिन्छ साथै कलेजोले काम नगर्ने र क्यान्सरको स्थिति आउँछ ।

हेपाटाइटिस बी का लक्षणहरु

१. छाला र आँखाको रंग पहेंलो हुनु । २. पिसाबको रंग खैरो वा सुन्तला रंगको हुनु । ३. लामो समयसम्म बिरामी हुनु । ४. लगातार महिनौंसम्म थकान र कमजोरी हुनु । ५. बेचैनी हुनु र पटक टिक बान्ता हुनु । ६. पेट दुख्नु र सुन्निनु ।