पाँचथर/जिल्लामा हालै मात्र पाँच वटा म्यूजिक भिडियोको छायाङ्कन सकिएको छ । ती भिडियोहरुको फिदिम स्थित बरदान प्रोडक्सनले निर्माण गरिरहेको हो ।

‘छुई ख्याप ...’, ‘याद आउँछ ...’, ‘ताप खोज्दा ...’, ‘तुत्तुगेनगर ...’ बोलका गीतको भिडियो छायाङ्कन गरिएको हो । यी गीतहरुमा नारायण तुम्बापो, गणेश साम्पाङ, दीलेन्द्र कुरुम्बाङको शब्द रहेको छ भने बुद्धराज लिम्बूको संगीत र सुरज मादेनको स्वर रहेको छ । त्यस्तै सुरज मादेनको शब्द–संगीत र उदय नेम्बाङको स्वर रहेको ‘यो पागल मन ...’ बोलको गीतको पनि छायाङ्कन गरिएको हो ।

उक्त भिडियोहरु सागर केरुङ, नारायण तुम्बापो, मिलन विश्वकर्मा र पदम सुनुवारले निर्देशन गरेका छन् । साधुटार, पौवाभञ्ज्याङ, लब्रेकुटि, फिदिम बजार, सुम्हा?लुङ गढि, थाक्ले, तमोर र हेंवाखोला लगायतका पर्यटकीयस्थलहरुमा भिडियोहरुको छायाङ्कन गरिएको हो । भिडियोहरुमा मधु केरुङ, बबिता फोम्बो, सुदर्शन थेबे (आरके), अरुणा केरुङ, प्रविण तुम्बापो, अनुपा लिम्बू, एलिना नेम्बाङ, चाँदनी थापा, विवश माङ्मु र सुरज मादेनले अभिनय गरेका छन् । जिल्लाको पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउँन आठ लाख लगानिमा उक्त भिडियोहरु बनाइएको बरदान प्रोडक्सनका प्रबन्धक बुद्धराज लिम्बूको भनाई छ ।

आगामी दश चैतदेखि क्रमशः सङ्स नेपाल नामक युट्युब च्यानल मार्फत रिजिल गरिने लिम्बूले बताए ।