गर्मीको मौसमको लागि धेरै नै उपयोगी एक स्वादिष्ट फल अंगुर हो ।
हल्का रातो र गाढा कालो रंगको अंगुरको स्वाद मिठो हुनुको साथै स्वास्थको लागि पनि धेरै नै फाइदाजनक हुन्छ । थाहा पाउनुहोस् कालो अंगुरका यी फाईदाहरु:
१ . अल्जाइमरको बिरामीहरुको लागि कालो अंगुर फाइदाजनक हुन्छ । यसमा रहेको रेसवेराट्रोल नामक तत्व अल्जाइमरबाट लड्नको लागि धेरै नै प्रभावकारी हुन्छ ।
२.यसमा पाइने एन्टिअक्सिडेन्टले हार्ट अट्याक र हाई कोलेस्ट्रोल जस्ता समस्याहरुबाट लड्नमा मद्दत गर्छ ।
३. कालो अंगुरको सेवनले रगतमा कोलेस्ट्रोल को निमार्ण गर्न रोक्छ र मोटोपना बाहेक अन्य स्वास्थ समस्याहरुबाट पनि बचाँउछ ।
४. यसले शरिरमा बढि भएको युरिक एसिडको स्तर कम गर्छ जसले किड्नीमा भार बढ्दैन र किड्नी स्वस्थ हुन्छ ।
५.क्यान्सरबाट बच्नको लागि कालो अंगुर फाइदाजनक छ । खासगरि छालाको क्यान्सरबाट बच्नको लागि यसको सेवन धेरै नै प्रभावकारी हुन्छ ।