माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लामो राजनीतिक संघर्षपछि मात्रै देशको शासन पद्धति फेरिएको बताए । उनले सिरहाको बरियारपट्टीमा मंगलवार हुलाकी लोकमार्गको शिल्यानास कार्यक्रममा कुनै पनि भ्रष्टाचारीले छुटकारा नपाउने बताएका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले भने,‘कुनै भ्रष्टलाई छुट दिइने छैन । हामीले देशको विकासमा क्रान्ति ल्याउन चाहेका छौं,’ उनले अघि भने,‘कर्मचारी, सुरक्षा निकायका पदाधिकारी होस् वा अन्य कुनै सबैलाई समान दृष्टिले हेरिनेछ । विकासमा बाधा पु¥याउने र भ्रष्टाचार गर्नेलाई दण्ड गरिन्छ ।’

जनताको हितमा काम गर्नेलाई पुरस्कार र अहित गर्नेलाई दण्डित गरिने पनि बताए । केपी ओली नेतृत्वको सरकारले जनहितमा काम गर्न कै लागि दुईतिहाई भन्दा बढी मत प्राप्त गरेको पनि जिकिर गरे ।

नयाँ पत्रिका