एजेन्सी– सन् २०१५ डिसेम्बरको एक रात। जब निद्रा खुल्यो, शार्लोट थम्सनलाई पेट दुखिरहेको थियो। रगत पनि बगिरहेको थियो। परिवारले उनलाई नर्थम्बर्रिया स्पेशलिष्ट इमरजेन्सी केयर हस्पिटल लग्यो। उनलाई परीक्षण गर्ने डाक्टरहरु पनि चकित परे, जब उनको पेटमा नौ महिनाको शिशु छ भन्ने थाहा पाए। र, उनको पेट दुखाई प्रसूति पीडा थियो। दुई घण्टापछि उनले स्वस्थ छोरी जन्माइन्। शार्लोटले नौ महिनासम्म आफू गर्भवती भएको थाहा नै पाइनन्। थाहा होस् पनि कसरी ? उनको नियमित महिनावारी हुन्थ्यो भने पेट पनि बढेको थिएन, जसरी अरु गर्भवती महिलाको देखिन्थ्यो। चिकित्सकका अनुसार महिलाले आफू गर्भवती भएको थाहा नपाउनुमा थुप्रै कारण हुन सक्छन्। गर्भवती भएका बेला महिनावारीका बेलाजस्तै रक्तश्राव हुन सक्छ, जसलाई गर्भवतीले महिनावारीको रुपमा लिन सक्छन्। शार्लोटको मामिलामा पनि यस्तै भएको हुन सक्छ। डा. भेनेसा म्याके भन्छिन्, ‘गर्भवती हुनुअघिको मोटोपना पनि यसको एउटा कारण हुन सक्छ, यदि महिला दुब्लो छिन् भने शिशु पनि दुब्लो हुन सक्छन्, यसका अलावा बढी तौल भएको स्वस्थ महिला छिन् भने गर्भ रहेको थाहा पाउन गा¥हो हुन्छ।’ सामान्यतः तीन महिनामै ‘बेबी बम्प’ थाहा हुन्छ। तर शार्लोटले त्यो पनि अनुभव गरिनन्। चिकित्सकका अनुसार गर्भावस्था थाहा नहुने घटना दुर्लभ हो। एक अध्ययनअनुसार साढे सात हजार गर्भवतीमध्ये एक महिलालेमात्रै आफ्नो गर्भावस्था थाहा पाउदैंनन्। गर्भवती भएको अरुले देखे पनि गर्भवती स्वयं भने यो कुरा स्वीकार्न तयार हुँदैंनन्। गर्भावस्थाका दौरान अरु सामान्य महिलाले जे गर्छन्, त्यही गरिन्। मदिरा सेवन गरिन्। ८ साइजको पोशाक लगाइन्। पेट पनि सामान्यजस्तै देखिन्थ्यो। भन्छिन्, ‘मेरो पेट पनि फ्ल्याट नै थियो, नियमित महिनावारी हुन्थ्यो, जब अस्पताल पुगेपछि डाक्टरहरुले गर्भवती भएको बताए, म शक भएँ।’ कहिलेकाही थकितजस्तो भएपनि त्यसलाई आफूले सामान्य रुपमा लिएको उनले बताइन्। अस्पतालजानुअघिको क्षण सम्झँदंै उनले भनिन्, ‘त्यो दिन राती साढे २ बजेतिर म ब्युँझे, रगत बगिरहेजस्तो लाग्यो, पेट दुखिरहेको थियो, केही निको होला भनेर सिटामोल लिएँ। तर निको हुनुको साटो झन् बढिरहेको थियो। एक घण्टापछि बिरामी झन् बढी होला जस्तो लाग्यो, म ट्वाइलेट दौडिएँ, मेरो अण्डरवेयर रगतले पूरै भिजिसकेको थियो।’ उनले त्यसअघि भर्खर महिनावारी सकिएकाले रगत देखेपछि डराएको र ट्याक्सी लिएर अस्पताल गएको बताइन्। अस्पतालमा नर्सले भिडियो एक्स–रे गरेर उनी नौ महिनाको गर्भवती भएको र प्रसूति पीडा सुुरु भइसकेको सुनाउँदा उनी छक्क परिन्। त्यो समय आफू बच्चाका लागि तयार भैनसकेको अवस्था भएको र बाबु आमाले के भन्लान् भनेर तनाव भएको उनले बताइन्। अस्पताल लगेको दुई घण्टापछि अस्पतालका नर्सले उनका बाबुआमालाई फोन गरेर छोरी गर्भवती भएको जानकारी दिएका थिए। (डेलीमेलबाट)