इलाम । पुर्वी इलामको पर्यटन प्रर्वद्धनका लागी सूर्योदय नगरपालिकाको फिक्कलमा दोश्रो सुर्योदय सडक महोत्सव हुने भएको छ । सुर्योदय होटल व्यवसायी संघ र सुर्योदय नगरपालिकाको आयोजनामा यहि चैत्र २९ गतेबाट बैशाख २ गतेसम्म महोत्सव संचालन हुने भएको हो । महोत्सवमा करिव ५० वटा खानाका परिकार, विद्युतिय सामाग्री, शैक्षिक संस्था, यातायात, कृषि उपज, साना तथा घरेलु उद्योगका उत्पादन लगायतका १ सय वटा स्टल रहने आयोजक समितीका सचिव युवराज प्रधानले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु नविन किशोर भट्टराई तथा व्यान्ड, इन्दिरा जोशी, आउटसाइर्डस व्यान्ड, धरान फिमेल ब्यान्ड, म्युजिक मेलोडी मिरिक लगायत जातीय, सांस्कृतिक झाँकी र मनोरञ्जनात्मक कार्यक्रम समेत राखिएको छ ।

पुर्वी इलाममा रहेका धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रसारप्रचार गर्ने र स्थानिय उद्योगहरुको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १ लाख ५० हजार बढि पर्यटकहरुलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ ।

सुुर्योदय नगरपालिका भित्र रहेका कन्याम, श्रीअन्तुु, सिमपानी, करफोक, लेप्चा गुम्बा, गोर्खे पशुपतीनगर लगायतका पर्यटकिय स्थलहरुको प्रर्वद्धन गरिनेछ । महोत्सब सम्पन्न गर्न करिब ३५ लाख रुपैया आवश्यक पर्ने आयोजक समितीका अध्यक्ष अविशेक श्रेष्ठले बताए । महोत्सवमा करिव २ करोड बराबरको कारोवार हुने आयोजक समितीको अनुमान छ ।

चौथो संस्करणको माईभ्याली गोल्डकको लागि आयोजक समितिले छान्यो घरेलु खेलाडी इलाम सदरमुकाममा आगामी वैशाख ६ गतेदेखि शुरु हुन गईरहेको चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको लागि आयोजक माईभ्याली फुटबल क्लबले २० जना खेलाडीहरु छनौट गरेको छ ।

इलामबाट विभिन्न समयमा देश विदेशको प्रतियोगितामा सहभागिता जनाईसकेका खेलाडी सुवास राईको कप्तानीमा २० जना खेलाडी छनौट गरिएको क्लबले जनाएको छ । छनौट भएका खेलाडीहरुमा टिम कप्तान राई सहित छिरिङ गुरुङ, मनिष थापा, पासाङ शेर्पा, बुद्धिमान राई, विदुर रिजाल, निरोज,गणेश, निरज बस्नेत, निशान राई, सोजित गुरुङ, दर्शन गुरुङ, मिलन लिम्बु, चाङ मुखिया, अविनास लिम्बु, टंक थामी, विकेश लिम्बु, हरि सिटौला, रुपेन गुरुङ र अनिस थापा रहेका छन् ।