पानवारी । काठमाडौबाट पूर्वको पर्यटकिय क्षेत्र भ्रमण गरी प्रचार प्रसार गर्न पूर्व आइपुगेको टोलीलाई ताप्लेजुङ सुनसरी सरोकार समाजले धरानमा स्वागत गरेको छ । ताप्लेजुङ सरोकार केन्द्रको नेतृत्वमा रहेको टोलीले पूर्वको पर्यटकिय क्षेत्र गुरासको राजधानी भनेर चिनिने तिनजुरे, गुफाहुदै पाथिभरासम्म पुगेर सो क्षेत्रको प्रचार गर्नेछ । टोलीलाई धरानमा स्वागत गर्दै ताप्लेजुङ सुनसरी सरोकार समाजले भ्रमणको सफलताको कामना गरेको थियो । भ्रमण पदयात्रीलाई बिदाई तथा सम्मान पानवारी –ब्लाष्ट) काठमाडौबाट पूर्वको पर्यटकिय क्षेत्र भ्रमण गरी प्रचार प्रसार गर्न पूर्व आइपुगेको टोलीलाई ताप्लेजुङ सुनसरी सरोकार समाजले धरानमा स्वागत गरेको छ । ताप्लेजुङ सरोकार केन्द्रको नेतृत्वमा रहेको टोलीले पूर्वको पर्यटकिय क्षेत्र गुरासको राजधानी भनेर चिनिने तिनजुरे, गुफाहुदै पाथिभरासम्म पुगेर सो क्षेत्रको प्रचार गर्नेछ । टोलीलाई धरानमा स्वागत गर्दै ताप्लेजुङ सुनसरी सरोकार समाजले भ्रमणको सफलताको कामना गरेको थियो । भ्रमण टोलीमा काठमाडौबाट ५६ जनाको टोली आएको र इटहरी, धरान लगायतका क्षेत्रबाट टोलीमा सहभागीता जनाइने समाजका महासचिव बासुदेव गौतमले बताए । भ्रमणमा रहेको ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष चित्रगुप्त सावाले नेपालको उत्कृष्ट पर्यटकीय क्षेत्रमा पर्ने गुरासको राजधानी लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको ताप्लेजुङको पाथिभरा माताको प्रचार प्रसार गर्ने उदेश्यले टोलीले सो क्षेत्रको भ्रमण गर्न लागेको बताए । उनले ताप्लेजुङको पाथिभरा मन्दिरमा वर्षेनी ५ लाख पर्यटक भित्रिने गरे पनि यस वर्षदेखी सो संख्यालाई दोब्बर बनाउन सम्पूर्ण ताप्लेजुङ बासीले प्रण गरेको पनि स्मरण गराएका थिए । टोलीमा काठमाडौबाट ५६ जनाको टोली आएको र इटहरी, धरान लगायतका क्षेत्रबाट टोलीमा सहभागीता जनाइने समाजका महासचिव बासुदेव गौतमले बताए । भ्रमणमा रहेको ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष चित्रगुप्त सावाले नेपालको उत्कृष्ट पर्यटकीय क्षेत्रमा पर्ने गुरासको राजधानी लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको ताप्लेजुङको पाथिभरा माताको प्रचार प्रसार गर्ने उदेश्यले टोलीले सो क्षेत्रको भ्रमण गर्न लागेको बताए । उनले ताप्लेजुङको पाथिभरा मन्दिरमा वर्षेनी ५ लाख पर्यटक भित्रिने गरे पनि यस वर्षदेखी सो संख्यालाई दोब्बर बनाउन सम्पूर्ण ताप्लेजुङ बासीले प्रण गरेको पनि स्मरण गराएका थिए ।