इटहरी । नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रामाइलो गर्ने नेपालीमा प्रचलन बढेको छ । शनिवार वि.स.२०७४ लाई विदाई गदै नयाँ बर्ष २०७५ सालको स्वागतमा विगतका वर्ष झँै यो वर्ष पनि प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चाप बढेको छ । नयाँ वर्षको रौनकताले खासगरी आन्तरिक पर्यटकको चहलपहल बाक्लिएको हो । यो सयममा वर्षको अन्तिम बिदा मनाउने, परीक्षा सकेर बसेका विद्यार्थीलगायत बृद्धाबृद्धहरु समेत पर्यटकिय क्षेत्रमा रमाईलो गर्ने जाने गरेका छन । शुत्रवार इटहरी नजिकका गन्तव्य तालतलैया,गोकर्ण रिसोट,गोकुल रिसोट लगायत पर्यटकीय क्षेत्रमा शुत्रवार पर्यटक खचाखच भरिएको थियो । दिउँसो १२ बजेको टन्टलापुर घाममा गोकर्ण रिसोटमा खुट्टा राख्न समेत मुस्किल थियो भित्र पस्नै नसके पछि हामी फर्कियौ इटहरी १९ बाट परिवार सहित गोकर्ण रिसोट पुगेकी दिपा गौलीले भनिन् । पछिल्लो समय परिवार, साथीभाइबीच रमाइलो गर्न व्यक्तिगत तथा सामूहिक रुपमा पर्यटकीय गन्तव्यमा पुगेर नयाँ वर्ष मनाउने चलन बढेको छ । वराहनगरपालिका वडानम्वर ३ बाट घुम्न श्रीमती र वहिनी सहित तालतलैया घुम्न आएका सन्तोष पुरीले पर्यटकहरु अत्याधिक भएको वताए । सर्वसाधरणहरुको अत्याधिक भिड भएको भन्दै उनले भने नयाँ वर्ष मनाउँने नयाँ तरीका अधिकांसको घुमघाम र मिठोमसिनो खाने भएको उनी कहन्छन । शनिवार नै दुलारीमा रहेको गोकर्ण रिसोटमा टिकट काट्द गर्दा भटिएका साविक खनारका रविन्द्र वस्नेतले अधिकांस पर्यंटकिय क्षेत्रमा छिर्ने समेत समस्या भएको वताए । हैन कुनै ठाउँ सहज रुपमा पुग्न सकिएन यतीका पर्यटकहरु मैले त देखेको समेत थिईन उनले भने । इटहरी तथा आसपासको क्षेत्रबाट गएको सफारी बाटोमा घण्टै सम्म जाम भएको वताए । पर्यटक आउँन जान बाटोमा पूर्ण रुपमा समस्या भएको उनको भनाई थियो । इटहरी आसपासका हरियाली डाँडाहरुमा सुविधायुक्त रिसोर्टहरु खुल्ने क्रम बढेको छ । फूर्सदको समय सदुपयोग गर्न रिसोर्टहरु अब्बल गन्तब्य हुन । फेमेली वा साथीहरुसँग रिसोर्टमा गएर पारिवारिक वातावरणमा आनन्द लिन सकिन्छ । पछिल्लो समयमा रमाइलो गर्न रुचाउने मध्यम स्तरका पर्यटकहरु रिसोर्टलाई रोज्न थालेका छन् होटल त्रियुगाका सञ्चालक नेत्र गिरीले भने । अहिले रमाईलो गर्ने चलन विस्तारै फेरीदै घुमघाम र रमाईलो गर्नेको संख्या बढ्दै गएको उनी वताउँछन । इटहरी तथा आसपास नजिक एकान्त र हरियाली स्थानहरुमा फरक फरक सुविधाका रिसोर्टहरुमा पर्यटकहरु रमाउन पुग्ने गर्छन । न्यू इयर, बर्थ डे सेलिब्रेसिनका लागि रिसोर्टहरुले पनि अफरहरु मार्फत आगन्तुकहरु तान्ने काम गरिरहेका छन् । मौलिक र फरकपना भएका रिसोर्टहरु एकान्त तथा गाउँमा केन्द्रित छन् । गाउँले र प्राकृतिक वातारणमा करोडौं लगानीमा खुलेका रिसोर्टहरुमा घुम्न जानेहरुको बाक्लो उपस्थिति पाइन्छ ।