भद्रपुुर । झापाका रक्त सञ्चार केन्द्रहरुमा रगत अभाव भएसँगै झापाको भद्रपुर विहीवार एक कार्यक्रमका बीच ४० जनाले रक्तदान गरेका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र मदन भण्डारी मेमोरियल प्रतिष्ठान भद्रपुरको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १५ महिलासहित ४० जनाले रक्तदान गरेको हो ।

भद्रपुर ५ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रमलाई जिल्ला रेडक्रस सोसाइटी झापा शाखाले प्राविधिक सहयोग गरेका थिए । सेवा केन्द्रका अध्यक्ष शिला खड्काको अध्यक्षता भएको कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नर्स, सर्वसाधरण लगायतले रक्तदान गरेको केन्द्रका सदस्य मनोज श्रेष्ठले जानकारी दिए ।