चक्रघट्टि । पारालिगल जिल्ला कमिटि तथा उद्योग वाणिज्य संघ महेन्द्र नगर,भरौल, प्रकाशपुरको आयोजनामा १ दिवसिय स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बिशेषज्ञ चिकित्सकहरुद्धारा गरीएको स्वास्थ्य शिबिरमा ६० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । स्वास्थ्य परिक्षण गराउनेहरु मध्ये १४ जना आङ खस्ने समस्या, ४ जना अप्रेसन, ५ जना फिस्टुला , २ जना फिस्टुलाको अपरेसन गर्नु पर्ने र अन्यको सामान्य अवस्था रहेको डाक्टर जोशना यादपले बताएकी छिन् । पारालिगल जिल्ला कमिटि अध्यक्ष बिणा खनालको सभाध्यक्षमा सुम्पन्न कार्यक्रममा प्रमुख अतिथि सामाजिक बिकास मन्त्रि जीवन घिमिरे रहेका थिए ।