सिरहा । सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेको छन् । भगवानपुर–१ निवासी ३५ वर्षीय धीरजकुमार पौडेलले मादकपदार्थ खाएर आइतबार बिहान ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेका हुन् । आमाको हत्या गर्ने धीरजलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे इप्रका लहानका डिएसपी गणेश चन्द्रले जानकारी दिए । शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।