पाँचथर/ जिल्ला अदालतले बलात्कार आरोपी दुई युवालाई जनही दश वर्ष कैद सजाय सुनाएको छ । त्यस्तै पीडित महिलालाई जनही २० हजार रुपैंयाँ क्षतिपूर्ति भराउँने समेत फैसलामा भनिएको छ । फिदिम नगरपालिका–१, का १९ बर्षिय समिर केरुलङ र १८ बर्षिय जयन्द्र तामाङलाई जिल्ला न्यायाधिश मनोजकुमार केसीको इजलासले यस्तो फैसला सुनाएको हो ।

उनीहरु माथि एक ३० बर्षिया महिलालाई बलात्कार गरेको अभियोग लागेको थियो ।