विराटनगर । सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीले दुई दिनमा १६ जनाले बहस गरेका छन् । मोरङ जिल्ला अदालत समक्ष ‘थुनछेक बहसमा’ प्रतिबादीतर्फका कानुन व्यवसायीहरुले सोमबार साझसम्म १६ जनाले बहस गरेका हुन् । उनीहरुले प्रतिवादीतर्फबाट बहस गर्दै अभियुक्तहरुको प्रतिरक्षा गर्दै बहस गरे । सोमबार ११ जना र पहिलो दिन आइतबार पाँच जना बरिष्ठदेखी अधिवक्तासम्मका कानुन व्यवसायीहरुले अभियुक्तको प्रतिरक्षा गर्दै बहस गरेका थिए । सोमबार डियसपी प्रजित केसीको पक्षमा तीन जना वरिष्ठ अधिवक्ताहरुले बहस गरेका छन् । जसमा बरिष्ठ अधिवक्ता शुरेसलाल श्रेष्ठ, राजेन्द्र भट्टराईले बचाउपूर्ण बहस गरे । त्यस्तै डियसपी सन्जय राउतको पक्षमा अधिवक्ता रामबहादुर राउत, अमरबहादुर राउतले गरेको छन् । महाविर प्रसाद गोल्यानको पक्षमा बरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपाने र अधिवक्ता जगत प्रसाद फुयलले बहस गरेका छन् । त्यसैगरी अधिवक्ता रमिला महर्जनले अमरबहाुर थापा, समिरमान तोलाङगे, अम्बर प्रसाद थापा मगर, विरेन्द्रमान श्रेष्ठका गरेका छन् । अधिवक्ता सुनिल कुमार सिंहले सम्बिर तोलाङ्गे वीरेन्द्रमान श्रेष्ठ, अमर डंगोलको पक्षमा बहस गरेका थिए । अधिवक्ता हरिनारयण चौधरीले पुन्य प्रसाद लामा र अधिवक्ता दिपक बस्नेतले राजन थापाको पक्षमा प्रतिरक्षा गर्दै बहस गरेका थिए । उनीहरुले प्रमाण नै नपुगेकोले संगठित अपराध ऐन आकर्षित नहुने भन्दै आफ्ना पक्षका अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरे । साढे ३३ किलो सुनसँग जोडिएर हत्या भएको पक्षलाई कमजोर बनाउँदै अनावश्यक व्यक्तिलाई फसाउने मनसाय राखेर अभियोग लगाउन नमिल्ने कानुन व्यवसायीहरुकोे तर्क गरहेको थियो । सुन काठमाडौंमा भित्रिएको कुरा अभियोगमा उल्लेख गरेर मोरङ जिल्ला अदालतमा मुद्दा चलाउनु क्षेत्राधिकारभन्दा बाहिर भएको समेत उनीहरूले बहसमा न्यादिध समक्ष जानकारी गराए । आइतबार प्रतिबादीको तर्फबाट पाँच जना नाम चलेका कानुन व्यवसायीहरुले थुनछेक बहसमा अभियुक्तहरुको बचाउँदै गर्दै बहस गरेका थिए । काठमाण्डौबाट आएका बरिष्ठ अधिबक्ताहरु सम्भु थापा र रमन श्रेष्ठले एसपी विकासराज खनाल र व्यापारी तथा राप्रपा नेता भुजुङ गुरुङको पक्षमा बहस गरेका थिए । त्यस्तै काठमाण्डौबाटै आएका यदुनाथ खनालले डिआइजी गोविन्द निरौला र एसपी खनालकै पक्षमा बहस गरेका थिए । वरिष्ठ अधिवक्ता राजु बस्नेतले आठ जना एयरलाइन्सका कर्मचारीको पक्षमा बहस गरे । उनले बालकृष्ण श्रेष्ठ, एलबी भन्ने लालबहादुर मगर, विरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, दोरम खत्री, गोपालकुमार श्रेष्ठ, पुन्यप्रसाद लामा र हेमन्त गौतमको पक्षमा बहस गरेका थिए । बादीको तर्फबाट सरकारी वकिलहरुले बहस शुक्रबार सकिएपछि प्रतिबादीतर्फका कानुन व्यवसायीहरुले आइतबारदेखी थुनछेक बहस सुरु भएको हो । यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जनाका तर्फबाट बहस हुने भएको छ । प्रतिबादीतर्पबाट बहस सकिएपछि न्यायधिकले आदेश दिनेछन् । थुनछेक बहसबाट पूर्व पक्षमा थुना पठाउने की, धरौटिमा छोड्ने वा सादा तारिकमा छोटने आदेश हुनेछ । प्रतिवादीतर्फबाट बहस गर्न ८० भन्दा बढी कानुन व्यवसायीले अदालतमा वकालतनामा दर्ता गराएको मोरङ अदालतले जनाएको छ ।