विराटनगर । स्वास्थ्य र स्वच्छ रहनको लागि शौचालय आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छ समन्वय समिति मोरङले विराटनगरमा सोमबार आयोजना गरेको मोरङ जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै खानेपानी तथा ढल निकास विभागका महानिर्देशक मनोज घिमिरेले स्वच्छता र स्वास्थ्यका लागि शौचालय निर्माण आजको आवश्यक रहेको बताए । उनले आफ्नो घर परिवार स्वच्छ रहनको लागि शौचाय निमार्ण गर्न जरुरी रहेको बताए । उनले घर वाहिर खुल्ला दिशा गर्नु समाजको लागि लज्जास्पद कार्य भएको बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका सभापति नरेश पोखरेलले सवै स्थानीय निकायले प्रत्येक घरको अनुगमन गरी अभियानको रुपमा शौचालय निर्माणमा जोड दिन आग्रह गरे । मोरङ जिल्ला खानेपानी तथा सरसफाई स्वच्छदा समन्वय समितिका प्रमुख राजेन्द्र न्यौपाने, समाजशास्त्री कमल अधिकारीले बोलेका थिए । खुल्ला दिशाका कारण नेपालमा प्रत्येक घण्टा एक जना र प्रत्येक वर्ष १० हजार ५ सय पाँच वर्ष मुनिका वालिकाको मृत्यु हुने गरेको बताइएको छ । मोरङ जिल्लामा ६ वटा स्थानीय निकायहरु लेटाङ, पथरी शनिश्चरे,उर्लावारी, सुन्दर हरैचा नगरपालिका ग्रामथान र केरावारी गाउँपालिका खुल्ला दिशा मुक्त घोषणा भएका जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छदा समित मोरङले जनाएको छ । अहिले सम्म प्रदेश नम्बर ४, ६ र ७ खुल्ला दिशामुक्त प्रदेश घोषणा भैसकेका बताइएको छ ।