पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा रहेका अधिकाम्स सामुदायिक बिधालयहरुमा परिवारको नामबाट स्थापना गरिएका अक्षय कोषहरु प्रशस्तै मात्रामा रहेका छन । बिधार्थीको शैक्षिक गुणस्तरमा सुधार ल्याउँनको लागि अक्षय कोष स्थापना गरिएको हुन्छ । त्यसैको एक उदाहरणको रुपमा लिने गरिएको छ, कुम्मायक गाउँपालिकाको वडा न. १ यासोकमा रहेको अमृत आधारभूत बिधालय, कक्षा ५ सम्मको पठनपाठन हुने बिधालयमा तीन लाख रुपयाँ रकमको सुसाङमा स्मृति अक्षय कोष स्थापना गरिएको छ । कक्षा १ देखी ५ सम्मका कक्षा प्रथम, दोस्रो र तेस्रो हुने बालवालिकाहरुलाई अक्षय कोषको बार्षिक ब्याजदरबाट प्रतेक बर्ष पुरस्कार बितरण गर्ने गरेको अक्षय कोषका संस्थापक अमर फेवादिनले बताए । बालवालिकाहरुको शैक्षिक उन्नति र प्रगतीको लागि उक्त अक्षय कोष स्थापना गरिएको फेवादिनले बताए । त्यस्तै नियमित बिधालय हाजिर हुने, सरसफाईमा बिषेस ध्यान दिने बालवालिकाहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । बिधालयको आर्थिक आम्दामीको श्रोत राम्रो भएकाले बिधालय सुधार अभियानमा लाग्नु पर्नेमा सरोकारवालहरुले जोड दिएका छन । बिधालयको हाता भित्र राखिएको नेपाल टेलिकमको टावरले मासिक हजार रकम तिर्दै आएको छ , भने बिधालयको आफ्नै क्वाटर समेत भाडामा लाग्दै आएकाले शैक्षिक गुणस्तर सुधार गर्न मदत मिल्ने गरेको बिधालयले जानाएको छ । पुरस्कार बितरण कार्यक्रमा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ, बडा न. १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावती, श्रोत ब्याक्त गणेश कुमार चेम्जोङ, क्याम्पस प्रमुख कर्णबहादुर लावती लगायतले शैक्षिक क्ष्ोत्रको सुधारका लागि अभिभवक र बिधालयको महत्वपुर्ण भुमिका हुने बताएका थिए ।