मोरङ/स्थानीय सरकारको अधिकार आएपछि मोरङको पथरीशनिश्चरे नगरमा विकास निर्माणका योजनाहरु प्रसस्त सञ्चालन भइ सम्पन्न हुने क्रमको दौडधुपमा रहेको बेला वडा नम्बर २ स्थित लाटी खोला कल्भर्ट पनि निर्माण सम्पन्न भएको छ ।
[caption id="attachment_3251" align="aligncenter" width="750"] फायलफाेटाे[/caption]मंगलवार एक कार्यक्रमकाबीच नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितले कल्भर्टको उद्घाटन् गरेका छन् ।
स्थानीय उपभोक्ताहरु आफैंले निर्माण सामग्री बोक्दै चुस्त रुपमा निर्माण कार्यमा सक्रिय सहभागिताको नमूना प्रदर्शन भएको सो कल्भर्ट १२ लाख १ हजार ७ सय ५० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । जसमा नगरपालिकाको १० लाख, उपभोक्ता एवम् बाटोका जग्गाधनीबाट १ लाख ५१ हजार ७ सय ५० , चौतारी र सुन्दर सामुदायिक वन उपभोक्ता समूहबाट २५/२५ हजार रुपैयाँ जुटाएर काम सम्पन्न भएको निर्माण उपभोक्ता समिति अध्यक्ष खिलनाथ घिमिरेले बताए । कल्भर्ट निर्माण भएपनि त्यहाँको बाटोलाई व्यवस्थित गर्न आवश्यक रहेकाले सबै पक्षको सहकार्यमा बाटो व्यवस्थित गर्ने अभियान सञ्चालन गरिने घिमिरेले उल्लेख गरे ।
स्थानीयको उस्तै सक्रियतामा सोमवार सो ठाउँदेखि दक्षिण सुवेदी चोक पूर्व वडा नम्बर २ र ३ जोड्ने लाटी खोलामा निर्माण भएको पुलको पनि उद्घाटन् भएको थियो । सो पुलका लागि नगरपालिकाबाट २५ लाख, स्थानीय उपभोक्ताबाट ६ लाख ७३ हजार ५ सय ५, चौतारीसामुदायिक वनबाट १ लाख, एभरेष्ट बोर्डिंगबाट २५ हजार, पेगोडा वोर्डिंगबाट १० हजार, सुन्दर सामुदायिक वनबाट १० हजार, पेन्टी कोस्टल मण्डलीबाट १० हजार गरी ३३ लाख २८ हजार ५ सय ५ रुपैयाँ संकलन भएको थियो । जसमध्ये बाँकी रहेको माटो पुराईका लागि १ लाख १३ हजार ५ सय ९९ रुपैयाँ बचेको र त्यसले माटो पुर्ने निर्माण उपभोक्ता समिति अध्यक्ष मोहनकुमार राईले बताए ।