धनकुटा/सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, शहिद भुमी गाउँपालिका महासंघको सोमवार सम्पन्न प्रथमअधिवेशनले यज्ञ वहादुर राईलाई सर्वसम्वत अध्यक्ष पदमा चयन गरिएको छ ।
[caption id="attachment_82722" align="aligncenter" width="960"] प्रथम गाउँ अधिवेशन पछि सामुहिक तस्विर लिदै गाउँ वनम हासंघका पदाधिकारी एवं सदस्यहरु अतिथिहरुको साथमा ।तस्विर: सन्तवीर लामा[/caption]
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य शिव आङ्गलाको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम शहिद भुमी गाउँपालिका वन महासंघको प्रथम गाउँ अधिवेशनले उपाध्यक्षमा कमलकुमारी राई, महासचिवमा धनमाया राई, सचिवमा निरन राई, कोषाध्यक्षमा लालबहादुर राईलाई सर्वसम्वत रुपमा चयन गरिएको छ । १७ सदस्यीय शाहिद भुमी गाउँ महासंघको सदस्यहरुमा रेणुका राई, मिलनकुमार राई, सीता राई, रिता राई, रामवहादुर वि.क., राजबहादुर राई, केशब राई, दानबहादुर राई, किरण कुमार राई, गंगा भण्डारी, डम्वर बहादुर राई र नीना राईलाई चयन गरिएको छ । सो अधिवेशनले न्यायिक समितिको संयोजकमा जनक वालिङ्ग राईलाई चयन गरिएको छ भने सदस्यहरुमा रोशन राई र दिलमाया राईलाई चयन गरिएको छ । त्यसैगरी लेखा तथाअनुगमन समितिको संयोजकमा नरेन्द्र राईलाई चयन गरिएको छ भने समितिको सदस्यहरुमा दलबहादुर राई र चन्द्रा राईलाई चयन गरिएको नवनिर्वाचितअध्यक्ष यज्ञबहादुर राईले ब्लाष्टलाई जनाकारी दिएका छन् ।
गाउँ वन महासंघका अध्यक्ष यज्ञबहादुर राईको अध्यक्षतामा सम्पन्न प्रथम गाउँ अधिवेशनमा वन महासंघका केन्द्रिय सदस्य शिवआङ्गला, जिल्ला महासंघका अध्यक्ष राजेन्द्र खड्का शहिद भुमी गाउँपालिकाका प्रमुख मनोज राई लगायतले नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं सफलकार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संचालन महासचिव धनमाया राईले गरेकी थिईन ।