पाँचथर/ घरमा श्रीमति हुँदाहुँदै कान्छी श्रीमति भित्र्याउँने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।
जिल्लाको कुम्मायक गाउँपालिका–१, यासोक बस्ने बिवश मोतेलाई कान्छी श्रीमति सोही स्थान बस्ने सुमित्रा नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोतेका जेट्ठि श्रीमति सुनिता परियारले आफू सक्षम र सवल हुँदाहुँदै श्रीमानले दोस्रो बिबाह गरेको भन्दै कानुनी उपचारका लागि उजुरी दिएपछि निजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका माेते र नेपालीमाथि बहूबिबाह मुद्धामा म्याद थप गरी कारबाही प्रक्रिया सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ ।