भद्रपुर/झापाको दक्षिणी क्षेत्र कचनकवल गाँउपालिकामा रहेको वनियानि बजारबाट ४०० लिटर घरेलु मदिरा प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय वनियानिवाट गएको गस्ति टोलिले बजारमा बिक्रिका लागि राखिएको मदिरा बरामद गरिएको वनियानि पर्हरिले जनाएको छ । मङगलबार दिउसो बजारभरि छापा मारेर मदिरा बरामद गरिएको वनियानिका सई उदय शम्शेर जबराले जानकारी दिए । घरेलु मदिरालाई पुर्णरुपमा निस्तेज पार्न अभियान नै चलाएको उनको भनाई छ ।
बरामद मदिरालाई सरोकारवालाहरुको रोहवरमा नस्ट गरिएको उनले बताए । यो भन्दा अघि पनि सोहि क्षेत्रबाट प्रहरीले मदिरा बरामद गरिसकेको छ ।