भद्रपुर । भद्रपुरवाट काठमाडौका लागि उडान भरेको सौर्य एयरलाइन्स ठूलो दुर्घटना हुनबाट जोगिएको छ । झापाको भद्रपुर विमानस्थलबाट बिहीबार दिउँसो १ बजेर ५० मिनेटमा काठमाडौंका लागि उडान भरेको सौर्य एयरलाइन्स धावन मार्गमा चरासंग ठोकिएको थियो । चरासंग ठोकिएपछि जहाजले तत्काल उडान रद्ध गरेको चन्द्रगढी नागरिक उडड्यान कार्यालय भद्रपुरका कर्मचारी स्रोतले जनाएको छ । सौर्य एयरलाइन्सले विमानस्थलको पूर्व भागमा करिब २० वटा चरा मारेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जनाए । ९ एन एल इ नम्बरको जहाज उडेको १० मिनेटमै फर्किएकाले दुर्घटना हुनबाट जोगिएको कार्यालयले जनाएको छ । चरासंग ठोकिएपछि २ बजेदेखि विमानस्थलमै जहाज रोकिएको थियो । घटनापछि बुद्ध एयरलान्सयबाट चार जना इन्जिनियरसहितको टोली दुई घण्टापछि भद्रपुर आएरजहाजको खराबीको बारेमा मर्मतसंम्भार गरिरहेको एसपी केसीले बताए । जहाजको दायाँ इन्जिनमा सामान्य खराबी हुन सक्ने भएकोले भोली (शुक्रवार) उडान भर्ने उनले बताए । कार्यालय प्रमुख पुर्णप्रसाद चुडालको टेलिफोन नम्बरमा पटक–पटक सम्पर्क गर्ने खोज्दा सम्पर्क हुन सकेन । जहाजमा नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डिआइजी पिताम्बर अधिकारी लगायत ४५ जना हावाई यात्रु सवार रहेको जनाइएको छ । सौर्य एयरलाइन्स जहाजका कारण दुई घण्टा सम्म हवाई सेवा अवरुद्ध भएको थियो ।