धनकुटा । धनकुटा नगरपालिका वडा नं.५ स्थित् टुडिखेल नजिकैको व्यस्तवजारको विच सडक भ्वाङ्ग परेको हप्तौं वित्दापनि सरोकारवालानिकायको ध्याननपुगेको नगरवासीले गुनासो गरेका छन् । सडकको विचभागमा सडक भ्वाङ्ग परेको कारण ठूला सवारी साधनआवतजावतमा समस्याभएको छ भने साना सवारी साधनहरु पनि दुर्घटनामा परेको स्थानिय वडावासीहरुले वताएका छन् । सडकको ओरालो भागमाभ्वाङ्ग परेर विग्रिएको कारण टाडाबाट आउँदै गरेको मोटर साईकललगायत साना सवारी साधनहरु दुर्घटनामा जतिखेर पनि पर्न सक्ने स्थानियले वताएका छन् । हप्तौ देखीव्यस्त सडक आवातजावतमा समस्यापर्दा पनिजनप्रतिनिधिहरु मुकदर्शक भएर वेवास्था गरेको भन्दै वडावासीहरु जनप्रतिनिधिहरु प्रतिआक्रोसितभएका छन् । मुल सडकको विच भागबाट माथिल्लो कोप्चे हुँदै आउने वर्षाको पानीभित्र–भित्रै ढलमा वग्ने गरेको थियो । केहीदिनयता परेको भारी वर्षाको कारण सडकको विचमा पर्ने ढल भत्किए पछि सर्वसाधरण आवतजावत देखीलिएर सवारी साधन संचालनमापनि समश्याआएको वडा नं.५ का वडाध्यक्ष धनवहादुर आठपहरियाले वताएका छन् । उनले धनकुटा नगरपालिकालाई जानकारी गराई सकिएको भन्दै वडाध्यक्ष आठपहरिया आफ्नो जिम्मेवारीवाट पन्सिएका छन् । वडा सदस्यगोविन्द राईले भने व्यस्त सडकमा आवतजावतमा समश्याश्रृजनाभएकाले तत्कालवनाउने ब्लाष्टलाई वताएका छन् । उनले धनकुटा नगरपालिकाकाइन्जिनियर मिङ्गमा दोर्जे शेर्पालाई ल्याएर देखाउने अनीवनाउने वताएका छन् । दैनिक रुपमा धनकुटा वसपार्कबाट सो सडक हुँदै तल्लोकोप्चो, जलधार, कर्मीटार, विहिवारे हटिया, देवानटार लगायतका स्थानमाजाने यातयातका सयौं सवारी साधनकुद्ने गरेका छन् । नेपालीकांग्रेसका जिल्ला सचिवएवं युवा नेताविजय सन्तोषी राईले सानातिनाकामको लागी वडापालिकाले नगरपालिकाको मुखताकेर वस्न नहुुँने वताए । उनले वडाका वजेट लगाएर भएपनितत्काल वडावासीको आवातजावतवा हिड्डुल गर्न पाउने अधिकारलाई वञ्चितगर्न नहुने वताए । वजार विचको व्यस्त सडक विद्यालयकावसहरु वढीकुद्ने विद्यार्थिको आवातजावत वढी मात्रमाहुने भएकाले तत्काल सडकमा परेको भ्वाङ्ग नटालिदा समश्याभएको औल्याएका छन् । उनले नजिकै जेष्ठनागरिकहरु दिवा सेवाकार्यक्रम संचालनहुने विश्रामलय रहेको र वृद्धवृद्धा जेष्ठ नागरिकहरु पनिआवतजावतगरिरहने भएकाले तत्कालमोटर वाटो निर्माण गर्न पर्नेमाजोड दिएका छन् ।