धरान । लामो राजनीतिक सघंर्ष पछि देशमा गणतन्त्र स्थापना भएको भयो । आज संघीय गणतन्त्र नेपाल घोषणा भएको १३ वर्ष लागेको छ ।

नेपालको इतिहासमा स्वर्णिमयुगको सुरुवात भएको आजको दिन हो । यसै अवसरमा राष्ट्रपती बिद्यादेबी भण्डारीले गणतन्त्र दिवसको अवसर पारेर समस्त नेपालीमा शुभकामना ब्यक्त गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अब देशलाई बिकास र संबृद्धिको गतिमा अगाडी लैगाने सबैभन्दा उत्तम समय आएको भन्दै गणतन्त्रको मर्मलाई आत्मासथा गर्दै देश बिकासको अभियानमा सहभागि हुन आह्वान गरेका छन् ।

धरान सरकारका प्रमुख तारा सुब्बालेपनि गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ‘नेपाल र नेपालीको बिकास र संबृद्धीको लागि एक भएर लाग्नु पर्ने समय आएको बताएका छन् ।

‘गणतन्त्र प्राप्तीका लागि भएका संघर्ष र शहिदको योगदान हामीले भुल्नु हुदैन’ प्रमुख सुब्बाले भनेका छन् ‘अब हामीले बनाउने नेपाल संबृद्ध हुनु पर्छ,नेपाली जनता खुसी हुनु पर्छ ।उनले धरानबासीलाई पनि धरानको विकास र संबृद्धीका लागि नगर सरकारले आवश्यक निती लिएको भन्दै सकारात्मक सोचका साथ बिकासकोबाटोमा सहभागि हुन आह्वान पनि गरेका छन् ।