विराटनगर । प्रदेशको नाम र स्थायी राजधानि तोक्न ढिलाइ गरिएको भन्दै एक नम्बर प्रदेशका सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सक्ता पक्ष र प्रतिपक्ष दुवै तर्फ सांसदहरुले प्रदेस सरकारले प्रदेशको नामांकन र स्थायी राजधासन घोषणा गर्न ढिलाइ गरिरहेको भन्दै आलोचना गरेका हुन् । शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाशप्रताप हाङ्गवाङले यतिका समयसम्म प्रदेशको नाम र स्थायी राजधानी नतोकिएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रदेशको नाम र स्थायी राजधानि नतोकिदा अलमलको स्थिति सिर्जना भएको बताउँदै उनले जतिसक्दो चाँडो यो विषयलाइ टुङ्गो लगाएर त्यसै अनुरुपको भौतिक संरचना निर्माणमा ध्यान दिन प्रदेश सरकारसंग माग गर । शुन्य समयमा बोल्दै नेकपाका सांसद कुलप्रसाद साम्बाले सरकार गठन भएको यतिका समय बितिसक्दापनि पुर्णता नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे । साथै उनले जनताको मतले जितेर आएका सांसद लिलाबल्लभ अधिकारीले सुन तस्करको पक्षमा बहस गरेर सदन र आफ्नो पदिय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै कारवाहिको माग गरे । सांसदहरुले के गर्न हुनु र के गर्न नहुने भन्ने विषयमा स्पष्ट कुनै कुरा कानुनमा उल्लेख नभएकाले सांसदहरु अलमलमा परेकाले त्यो व्यवस्था गर्न उनले सभामुखसंग माग गरे ।