पानवारी । जिल्ला सहकारी संघ अन्तर्गतको नगर समन्वय समिति धरानको आयोजनामा ३ दिने लेखा व्यवस्थापन तालिम सुरु भएको छ ।
धरानका सहकारी संस्थामा आवद्ध भएकाहरुलाई प्रशिक्षण दिइरहेको जिल्ला सहकारी संघका चन्द्रबहादुर सुवेदीले जानकारी दिएका छन् । धरान–१५ स्थित चुम्लुङ भवनमा भइरहेको लेखा व्यवस्थापन तालिममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीका प्राचार्य योगराज धमलाले प्रशिक्षण दिइरहेका छन् । कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १५ को सहकार्यमा भएको हो ।
त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड र जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीको आयोजनामा भएको पाँचदिने प्रशिक्षकको प्रशिक्षण तालिम बिहीबार सम्पन्न भएको छ । भेडेटारमा पाँचदिनसम्म चलेको प्रशिक्षकको प्रशिक्षण तालिममा केन्द्रीय सहकारी संघका वरिष्ठ प्रशिक्षक रामहरी केसी र प्रेम वाग्लेले प्रशिक्षण दिएका थिए । सुनसरी भरीका सहकारीबाट १९ जनाले प्रशिक्षण लिएका थिए ।