उर्लाबारी । उर्लाबारी नगरपालीकाका मेयर खड्ग फागोले तालीम लिई प्रमाण–पत्र घरमा राख्दा सहभागीको क्षमता नबढने र समुदायले समेत लाभ नपाउने बताएका छन ।

शुक्रबार उर्लाबारी नगरपालीकाको सहयोग तथा नारी संकल्प बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको आयोजनामा संचालीत १५ दिने महिला उधमशिलता बिकास कार्यक्रम अन्तरगत मोतीको माला तथा क्रिस्टल तालीमको समापनका अवसरमा मेयर फागोले तालीमको नाममा सहभागी भएर आफुले घर व्यवहार र समुदायलाई समेत सिकाएर सवै महिलाहरुलाई आत्ननिर्भर बनाउन सक्नुपर्ने बताएका छन ।

सहभागी महिलाहरु प्रति लक्ष्यीत गर्दै आधा आकाशको हाराहारीमा रहेका महिलाहरुले नगरलाई आर्थीक रुपमा समुन्नत बनाउन टोलटोलमा सिपमुलक तालीम दिई उत्पादनमुलक कार्यमा लाग्न उत्प्रेरीत गर्नुपर्ने बताउदै मेयर फागोले सो कार्यका लागि नगरपालीकाले सधै साथ र सहयोग गर्ने बताएका छन साथै आत्म निर्भर नभएर नै बैदेशिक रोजगारमा जान बाध्य भएका महिलाहरुलाई स्वदेशमा क्षमता अनुसारका तालीम सृजन गर्न आगामी स्थानिय बजेटमा के कस्ता कार्यक्रम समामेश गर्ने हो अग्रिम सुझाव समेत माग गरेका छन ।

नारी संकल्प बचतका अध्यक्ष सिता कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा वार्ड अध्यक्ष बिरबल थापा, प्रमुख प्रशिक्षक शोभा पालुङवा, सहकारी अभियान्ता गोमा नेपाल तथा सहभागीहरु कमला भट्टराई, तारा न्यौपाने र प्रतिमा मगरातीले समेत आफनो धारण राखेका थिए । जेष्ठ २ गते देखि शुरु भएको सो तालीममा २५ जना महिला सहभागी भएका सो संस्थाका व्यवस्थापक टंक निरौलाले बताएका छन ।