धनकुटा । राष्ट्रवादी विद्यार्थी संघ धनकुटाको शनिबार सम्पन्न प्रथम जिल्लाअधिवेशनले साजन विष्टलाई जिल्लाअध्यक्षमा चयन गरेको छ । राष्ट्रवादी विद्यार्थि संघको केन्द्रिय अध्यक्ष लेलिन शर्माको प्रमुख आतिथ्य र संघका प्रवक्ता रविन थापाको आतिथ्यमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह–सचिवमा क्रमशः सुरुमिता पुरी, नयन विष्ट, आस्ना विष्ट र सह–सचिवमा सुनिल दाहाललाई सर्वसम्वत चयन गरेको छ । त्यसैगरी संघको १४ सदस्यीयजिल्लाकार्य समितिको सदस्यहरुमा शैलेश राजवंशि, शुशिलन्यौपाने, प्रज्वलआचार्य, लक्ष्मण कार्की, डेनिस ओझा, पवन खतिवडा, विपना राई, सुमन वाँतोला र शसिन दाहाललाई सर्वसम्वत चयन गरेको नवनिर्वाचित अध्यक्ष साजन विष्टले ब्लाष्टलाई बताएका छन् । सो अवसरमा राप्रपा राष्ट्रवादीका जिल्ला नेताहरु ज्ञानवहादुर विष्ट र तेजवहादुर विष्टले नवनिर्वाचित विद्यार्थि संघ धनकुटाका पदाधिकारी एवं सदस्यहरुलाई वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।