धरान/१ नम्बर प्रदेशको राजधानि र नामको बिषयमा सार्वजनिक बहस भईरहेकै बेला प्रदेशको स्थायी राजधानी विराटनगरनै बनाउने सहमती नजिक राजनैतिक दलहरु पुगेका छन् ।
प्रदेशको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा) र प्रमुख प्रतिपक्षी दलका जिम्मेवार नेताहरुले लगभग राजधानीको बिषय टुङयाएको नेपाली कांग्रेसका एक नेताले बताए ।संसदमा निर्वाचन गर्ने भन्दापनि सहमती कायम गरेर अगाडी बढ्ने सहमती भएको,स्थायी राजधानी विराटनगर बनाउने कुरामा सहमती भएको,अब संसदमा प्रकृयामा जान बाकी छ ।
यो बिषय बाहिर नल्याइएको भए पनि मुख्यमन्त्री, मन्त्रीहरु, संसदीय दलका नेताहरू, सभामुख, उपसभामुख तथा राजनीतिक दलका प्रमुखहरू विराटनगरलाई स्थायी राजधानी बनाउने बिषयमा सहमती नजिक पुगेकाछन् । प्रदेशको राजधानीका लागि धरान,धनकुटा,इटहरी र विराटनगरले दावी गर्दै आएका थिए ।