[caption id="attachment_84041" align="aligncenter" width="900"] भाडावृद्धिकाे विराेधमा नाराबाजी गर्दै विद्यार्थीहरू ।[/caption]

पानवारी । टेम्पो व्यवसायीहरुले जबरजस्ती टेम्पो भाडा वृद्धि गरी असुल गर्न थालेपछि धरानमा विद्यार्थीहरु आन्दोलित भएका छन् । आइतबार धरान उपमहानगरपालिकामा टेम्पो व्यवसायी, ट्राफिक प्रहरी र उपमहानगरपालिकाका प्रतिनिधिबीच त्रिपक्षिय वार्ता बसी तत्काल भाडा वृद्धि नगर्ने सहमती गरेको भएपनि केही व्यवसायीले सहमती विपरीत जबरजस्ती भाडा असुलेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले भाडावृद्धिको विरोधमा क्याम्पसको गेटबाट भानुचोकसम्म विरोध ¥याली निकालेका थिए । उनीहरुले टेम्पो व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको वाहानामा अत्याधिक भाडा वृद्धि गरेको भन्दै तत्काल वृद्धि भएको भाडा फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘टेम्पो व्यवसायीले मनपरी भाडा असुल गरेको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस इकाइ समिति सचिव पवन कार्कीले तत्कालै भाडा नघटाए सडक बन्दसम्मको कार्यक्रम गर्ने चेतावनी दिए । उनले क्याम्पस गेट अगाडी टेम्पो व्यवसायीले सिण्डिकेट बनाएर यात्रुवाहक वसलाई यात्रु चढाउन र झर्न समेत नदिने भएकोले तत्कालै क्याम्पस गेटमा बस स्टेण्ड बनाइनुपर्ने माग गरेका छन् । टेम्पो व्यवसवसायी समिति धरानका अध्यक्ष डिवि गुरुङले धरान उपमहानगरपालिकामा बसेको बैठकले तत्काल भाडा वृद्धि नगर्ने सहमती भएकोले उक्त सहमती अनुसार नै भाडा वृद्धि नगरिएको दाबी गरे तर कसैले बढी लिएको भए समितिले जिम्मेवारी लिन नसक्ने पनि उनले बताए । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले भाडा निर्धारण समिति उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृतको नेतृत्वमा बनाइ सकिएको र उक्त समितिले निर्णय नगरुन्जेलसम्म कसैले भाडा बढाएर लिन नपाउने बताइन् । उनले भनिन् –‘यदी कसैले बढी भाडा लिएमा तत्कालै प्रशासनले कारवाही गर्छ ।’ कसैले भाडा बढी लिएको भए प्रशासनमा खबर गर्न पनि उपमेयर भण्डारीले सुझाव दिएकी छन् ।