पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको भिलेज प्रोफाइल बनाइने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको सात लाख रुपैंयाको सहयोगमा जनहीत केन्द्र पाँचथरले गाउँपालिकाको भिलेज प्रोफाइल बनाउँन लागेको हो ।
पाँच वटा वडा रहेको गाउँपालिकाको सबै वडामा वस्तुगत विवरण संकलनका लागि संकलक पठाइसकिएको जनहीत केन्द्रका अध्यक्ष बिजयवोध लाओतीले बताए । विवरण संकलन भइसकेपछि त्यसलाई आगामी असार १५ भित्रमा पुस्तक प्रकाशित गरिने सो संस्थाले जनाएको छ । उक्त भिलेज प्रोफाइलले गाउँपालिकाको वस्तुगत विवरण अद्यावधिक हुने मात्र नभएर नीति तथा कार्यक्रम बनाउँन पनि सहयोग पुग्ने गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङले बताए ।