इटहरी । अवैध रुपमा वित्तिय कारोबार गर्ने सिंहदेवी ज्वेलर्सका सञ्चालक दिपक गजमेर ४ सय भन्दा बढीको पैसा तिर्न नसकेपछि फरार भएका छन् । करीब १५ करोड भन्दा बढि रकम तिर्न बाँकी रहेको बेला गजमेर फरार भएका हुन । गजमेर बिरुद्ध १ सय ५० जनाले उजुरी दिएका छन । एक महिना अघि इटहरी क्षेत्र तथा आसपासका अवैध रुपमा वित्तिय कारोबार गर्ने संस्थाका सञ्चालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी) ले पक्राउ गरेर मुद्दा चलाएपछि सर्वसाधारण सचेत भएर गजमेरसँग ताकेता गर्न थालेका थिए । त्यही बेलादेखि उनको सुन पसल वन्द भएको थियो । सुन पसलमा केही सामान नभएको प्रहरीले जनाएको छ । गजमेरले एक जनाको न्यूनतम तीन लाखदेखि १५ लाखसम्म पैसा तिर्न छ । खोटाङको दिक्तेल घर भइ इटहरी वडा नं. १९ मा बस्दै आएका हर्कराज राई विश्वासले गर्दा पैसा वचत गरेपनि अहिले आफुहरुको विल्लीबाठ भएको सुनाए । बचत गर्ने राखेको पैसा साउ न ब्याज भयो इलाका प्रहरी कार्यलय इटहरी अगाडी भेटिएका उनले दुखेसो गदै भने । धेरै ब्याज दिने प्रलोभनमा परेर रकम वचत गर्नेको संख्या धेरै थियो । श्रीमान विदेशमा गएर कमाएको रकम ढुबेको खोटाङ्की अन्जना राई वताईन । इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी दिदै उनले इटहरी २ मा घर बनाउ राखेको १० लाख ७२ हजार रुपैयाँ पैसा ढुबे पछि आफ्नो विचल्नी भएको उनले गुनासो गरीन । बर्बाद भईयो श्रीमानले मार्नुहुन्छ होला उनले भनिन् । दुःख गरेर कमाएको रकम स्वाहा भयो खै के गर्ने गर्ने राईले तनाब लिदै भनिन् । इटहरी वडा नं. ४ बस्ने सीता कार्कीका श्रीमान् सरोज चौधरी नेपाल प्रहरीमा कार्यरत छन् । श्रीमान्ले प्रहरीमा रहेर घर–परिवारका निम्ति खर्च गरेर जोगाएको रकम सुन पसलेले खाईदिएको गुनासो उनको छ । चार लाख २५ हजार रुपैयाँ वचत गरेको बताउँदै उनले आफु तनाबमा परेको वताईन । अधिकांस महिलाहरुले सुन पसलमा राखेको पैसा ढुबे पछि पारिवारीक कलह भईरहेको प्रहरी बताउँछ । प्रहरीले गजमेरको घरमा छापा मारि आर्थिक कारोबार गरेको केही थान पासबुक, जग्गाको रजिष्टे«सनलगायतका कागजात बरामद गरेको छ । उनलाईं वितिय अपराध अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले वताए । उनले भने १ सय ५० भन्दा बढिले उजुरी दिईसकेको छन उजुरी आउँनेक्रम जारी छ उनले भने । अबैध कारोबार गरेको प्रमाण हामीले भेटेका छौ उनीहरुलाई पक्राउ गरी कार्वार्ही गछौ डिएसपी श्रेष्ठले थपे । उनका अनुसार गजमेर फरार छन ।