विराटनगर । विराटनगरमा रहेको नाम चलेका निजी अस्पतालहरुले नियुक्त नदिकन श्रम ऐनले तोके बोमोजिमको तलब नदिकन श्रम शोषण गरेको पाइएको छ ।
श्रम कार्यालय विराटनगर मोरङको नेतृत्वमा सरोकारवाला सहितको टोलीले गरेको अनुगमनको क्रममा यस्तो भेटिएको हो ।
अनुगमन टोलीले विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन अस्पताल श्री हस्पिटल र आर. के. चिल्डे«न अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा श्री हस्पिटलमा लामो समयदेखी कार्यरत नर्स, अनमीहरुले श्रम ऐनले तोके बोमोजिमको तलब, सेवा सुविधा देखी काम गर्न राख्दा नियुक्त पत्र र कामको सम्झौता पत्र समेत नदिकन काममा लगाएको पाइएको श्रम कार्यालयले जनाएको छ ।
श्री हस्पिटलमा डेढ वर्षदेखी कार्यरत एक जना अनमिले अनुगनमा टोलीसँग भनिन, ‘श्री हस्पिटलमा काम गरेको लामो समय भयो । अहिलेसम्म नियुक्त पत्र दिएको छैन् ।’ दैनिक १० देखी ५ बजेसम्म कम गर्छु,’ उनले भनिन्, ‘मासिक तलब ८ हजार रुपैयाँ छ ।’ श्री हस्पिटलमा काम गर्ने अधिकाशं नर्स र अनमिको तलब ८ हजार रुपैयाँ मात्र रहेको उनीहरुले अनुगमन टोलीसँग बताएका थिए । श्री हस्पिटलमा ७४ जना कर्मचारी कार्यरत छन् । जसमध्धे अधिकाशं कर्मचारीले श्रमऐनले तोके बोमिजमको तलब नपाउने गरेको बताइएको छ ।
त्यस्तै गोल्डेन अस्पतालमा समेत कार्यरत केही नर्सले श्रम ऐनले तोके बोमोजिमकोे तलब नदिने गरेको अनुगमन समितिसँग बताएका थिए । गोल्डेनमा कार्यरत एक जना नर्सले भनिन, ‘९ घण्टा काम गरेको गोल्डेनले ८ हजार रुपैयाँ मात्र दिने गर्दछ । एक वर्षदेखी यति तलबमा काम गर्दै आएको छु ।’ त्यस्ते आर. के चिल्डे«न अस्पतालले समेत नियुक्त पत्र बगार श्रम ऐनले तोके बोमोजिमको तलब र सेवा सुविधा नदिएको पाइएको छ ।
श्रम नियमावली अनुसार कार्यरत श्रमिकको न्युनतम तलब ९ हजार ७ सय रुपैयाँ तोकिएको छ । तर, विराटनगरका नाम चलेका अस्पतालले श्रम ऐनले तोके बोमोजिमको तलब देखी नियुक्त पत्र समेत नदिकन काममा लगाएको पाइएको श्रम कार्यालय विराटनगर मोरङका कारखाना निरीक्षक इ. मणिनाथ गोपले भने, ‘पहिलो चरणमा हस्पिटलमा श्रम ऐन कार्यन्वयन गर्न आग्रह गरेका छौ ।’ उनले भने,‘दोस्रो पटक आउँदा पनि दोहरीए कानुनी पक्रिया अनुसार कारवाही गर्नेछौं ।’
गोल्डेन, श्री हस्पिटल र आर. के चिल्ड्रनलाई श्रम कार्यालयले कर्मचारीलाई गत महिना दिएको तलबको भरपाई, हाजिर किताबको प्रतिलिपी मगाएको थियो । उनीहरुले लेखा हेर्ने कर्मचारी नभएको भन्दै केही दिनमा कार्यालयमा उपलब्ध गराउने अनुगमन समितिसँग प्रतिवद्धता जाहेर गरेका छन् ।
अनुगमनमा श्रम कार्यालय विराटनगर कारखाना निरीक्षक गोपसहित, निजी अस्पतालका संगठन अफिनका केन्द्रीय सदस्य राजेस प्रसाई, मजदुर नेता तेजलाल कर्ण, उपेन्द्र रायसहित सञ्चारकर्मीहरुको उपस्थीति रहेको थियो ।