पानवारी । धरानको उदय टोल छेउको जंगलमा वर्षाैवर्षेदेखि समाधिस्थलको रुपमा प्रयोग गरिदै आएको थियो । विस्तारै धरानमा बस्ती बढेसँगै उदय टोलमा पनि सोही अनुपातमा बस्ती बढ्दै गयो । धरानका अधिकांश समाधिस्थल बस्ती र जंगलको सिमानामा छ । धरान–१७ स्तित उदय टोलमा बस्ती बाक्लो हुँदै गएपछि खाली ठाउँ पनि भरिदै गयो ।
खाली ठाउँ नभएपछि सरकारी कार्यालय तथा सामाजिक संघ संस्थाका कार्यालय बनाउने ठाउँको चरम अभाव भयो । तर जहाँ इच्छा त्यहा उपाय भनेझै स्थानीयले त्यसको समाधान निकालेरै छाडे । उदय टोल र चारकोषे झाडीको सिमाना रहेको समाधिस्थल झण्डै झण्डै वस्तीसँगै टासिएको थियो । बस्तीको नजिकै भएपछि सामुदायिक वन गठन भएको समयमा समाधिस्थल सारेर जंगलभित्र पु¥याएपनि ८–१० दशक पहिलेदेखि नै रहेका चिहानका भने त्यतिकै थिए । टोलबासी मिलेर पुराना चिहान भएको ठाउँमा उदय सामुदायिक वनको कार्यालय परिसर राखियो ।
सामुदायिक वन त जसो तसो राखियो तर वडा कार्यालय तथा प्रहरी चौकी समेत भवनविना सञ्चालन हुन कठिन अवस्थामा थियो । टोलबासीमा फेरी छलफल चल्यो वडा कार्यालय र प्रहरी कार्यालय पनि उदय सामुदायिक वनको कार्यालय नजिकैको चिहान भएको क्षेत्रमा बनाउने भनेर तर त्यति सजिलो कहाँ थियो र चिहान व्यवस्थापन गर्न । टोलबासीको छलफलले चिहानलाई नभत्काइ चिहानमाथी वडा कार्यालय र प्रहरी कार्यालय बनाउने निर्णय ग¥यो । धनप्रसाद राईको संयोजकत्वमा भवन निर्माण समिति बन्यो र करिब १० लाखको लागतमा तयार भयो एउटा भवन । जुन भवनमा एकापट्टिी वडा कार्यालय छ भने अर्काेपट्ट प्रहरी कार्यालय राखिएको छ । करिब ३ कठ्ठा क्षेत्रफल रहेको उक्त क्षेत्रमा अहिले एउटा मन्दिर र हावा महल समेत निर्माण गरिएको छ ।
कार्यालयको वरीपरी चिहान नै चिहान छन् । पहिला पहिलाका प्रहरीहरुलाई रात बस्न अफ्टेरो भएपनि अहिले भने सहज भएको पाइन्छ । सुरु सुरुमा आउदा अलि अफ्टेरो लागेको भएपनि अहिले चिहानबाट डर नलाग्ने बताउँछन् प्रहरी चौकीका इन्चार्ज दिवस कार्की । धरान–१७ का वडाध्यक्ष मनोज भट्टराई भन्छन् –‘संघ संस्थाको भवन बनाउन अहिले सहरमा खाली ठाउँ छैन कि त धेरै खर्च गरेर जग्गा खरिद गर्नुपर्छ हैन भने दान दिने दाता खोज्नुपर्छ ।’ तत् समयमा भवन निर्माण समितिका सचिव समेत रहेका वडाध्यक्ष भट्टराईले भने नगरपालिकाको थोरै बजेटमा कार्यालय बनाउनु पर्ने बाध्यता भएकोले पनि हामीले चिहान माथि नै भएपनि कार्यालय बनाएका हौ । वरपर खाली ठाउँ छैन, नगरपालिकाले जम्मा डेढ लाख बजेट दियो, हामी टोलबासीले करिब ७–८ लाख उठाएर भवन बनाएका हौ । ‘स्व. धनप्रसाद राई भवन निर्माण समितिको संयोजक हुनुहुन्थ्यो, म समितिको सचिव थिए हामीले धेरै अफ्टेरोको बिचमा वडा कार्यालय बनाएका हौ’ भट्टराईले भने ।