विराटनगर । संयुक्त लिम्बुवान संघर्ष समितिले विभिन्न तीन बुद्धे माग राख्दै प्रदेश नम्बर १ का प्रदेश प्रमुखसहित मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । संघर्ष समितिले शुक्रबार प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, र मुख्यमन्त्री शेरधन राईलाई भेटर ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले अरुण, सप्तकोशी, संखुवासभा खोला पूर्व नौ जिल्ला लिम्बुवान स्वायत राज्य स्थापना गरियोस, अरुण पूर्व लिम्बुवान भित्र लिम्बुभाषलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरियोस, लिम्बुवान क्षेत्र भित्रका ऐतिहासिक धरोहरहरु सम्पदाहरुको सुरक्षा, सम्वद्र्धन तथा कोष खडा गरी विकास र निमार्ण गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । संयुक्त लिम्बुवान संघर्ष समितिले तीन शुत्रिय माग राखेको ज्ञापनपत्र प्रदेशका सभामुख प्रदीपकुमार भण्डारी, नेपाली काँग्रेसको संसदीय दलका नेता राजिव कोइराला, संघिय समाजवादी फोरम नेपालको संसदीय दलका नेता जयराम यादव, सांसद विष्णु तुम्बाहाङफेलाई बुझाएका थिए ।