पथरी । कानेपोखरी गाउँपालिका वडा नं. ४ स्थित बयरवन बजार–खोरिया टोल जोड्ने कालो पत्रे सडक बिस्तार भएको छ । बयरवन बजारदेखि पूर्व ४ सय९३ मिटर सडक कालो पत्रे बिहीबार देखि सुरु गरेको हो । सो सडक कालो पत्रे सम्पन्न गर्न आइतबार सम्म लाग्ने पाथिभरा टेडर्स कम्पनीको संचालक भोजराज श्रेष्ठले जनाएका छन । गत चैत अन्तिम साताबाट सुरु भएको सडकलाई निमार्ण समितिले सडकको चौडाईलाई ४० फुट कायम गरेको छ । ४० फुट भित्र दुवै तर्फ नाला रहने समितिका सचिव दिलिप शेर्पाले जनाएका छन । ४० फुट भित्र सडकको साढे ५ मिटर कालो पत्रे गरेको हो । साढे ५ मिटर भित्र ३० एमएमको मोटाईको कालो पत्रे बिस्तार गरेको समितिका अध्यक्ष बिष्णु लिम्बूले जनाएका छन । यस आर्थिक बर्षमा वडा नम्बर ४ को एक मात्र ठुलो बजेटको रुपमा परिचित बयरवन बजार–खोरिया सडकलाई ३० लाख रकम विनियोजन गरेको थियो । सडकमा ३० प्रतिशत सडकमा जोडिएका जग्गा धनिहरुबाट रकम संकलन गरेको समितिले जनाएको छ । सडकले छोएको ६१ घर परिवारले ३ सय ३५ रुपैया फुटको दरले संकलन गरेका थिए । गाउँपालिकाको ३० लाख र कुल बजेटको ३० प्रतिशत १२ लाख स्थानीयबाट गरी जम्मा ४२ लाखको प्राविधिक स्टीमेट भएको थियो । तर बजार पूर्व पटिको सानो झकासको सडकमा निमार्णाधिन कल्र्भट रहेकोले प्राविधिक स्टीमेट भन्दा ७९ मिटर कालो पत्रेको काम हुन सकेन । त्यस बराबरको रकमले फेरी अर्को छुट्टै सडकको दुवै पटी प्राविधिक स्टीमेट निमार्ण गरेको छ । निमार्णधिन कालो पत्रेको बजार पश्चिबाट दुई पटी ६१ मिटर डे«न निमार्ण गरिने समितिका अध्यक्ष सुब्बाले बताए । कालो पत्रे सँगै कानेपोखरी वडा नं. ४ को केन्द्रको रुपमा विकास गरेर लैजान स्थानीय, विभिन्न राजनीतिक दलका नेताहरु लागी परेका छन् । वडा नम्बर ४,को वडा कार्यालय, स्वास्थ चौकी, जनताआधारभूत बिद्यालय, लगायत पुरानो बयरवन बजार सो स्थानमा सार्वजानीक सम्पतीहरु रहेका छन् । जुनबाटो हुलाकी मार्ग भनेर चिनिन्छ । यस अघि त्यस सडकलाई क्षेत्र नं. ३ का माननीय भानुभक्त ढकालले निरिक्षण गरीसकेका छन ।