विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेका बालवालिकाहरुको नेतृत्व विकास गर्न दुई दिने तालिम विराटनगरमा सुरु भएको छ । समाज विकास केन्द्र नेपाल मोरङको आयोजना तथा बढीगंगा गाउँपालिको सहयोगमा शुक्रबारदेखी तालिम सुरु भएको हो । दुई दिनसम्म सञ्चचालन हुने तालिममा बढीगंंगा गाउँपालिका ५० जना बालवालिकाहरु सहभागि रहेको समाजका अध्यक्ष कपिल सुनवारले जानकारी दिए । तालिमको उदघाटन बुढीगंगा गाउँपालिको प्रमुख बालचन्द माझीले गरे । उनले तालिमको उदघाटन बालवालिकाहरुको क्षमता अभिवृद्धी गर्न यस्तो तालिमले ठूलो भूमिका निभार्ह गर्ने बताए । तालिमको सहजिकरण सन्जिब घोषले गरेका छन् ।