इटहरी । सडक दुर्घट्नामा यात्रुहरु स्थानीय र प्रहरीहरुबाटै लुटिने गरेका छन । उद्धारको नाममा पछिल्लो समयमा दुर्घट्नामा ब्यक्ति उद्धार भन्दा पनि सुन तथा गरगहना र रकममा ध्यान दिने गरेको पिडित र प्रहरी अधिकारीहरु नै स्वीकार गर्छन । प्राय दुर्घट्ना भईरहने क्षेत्रमा अधिकांस दुर्घट्नामा परेको यात्रुहरु उद्धारकर्ताकै नामले घट्ना स्थलमा आएकाहरुबाट लुटिन पुग्छन । दुर्घट्ना स्थलका स्थानीय प्रहरीलाई शंका गर्छन भने प्रहरीले उद्धारमा खटिएका स्थानीयलाई शंका गर्छन । झापाको भद्रपुरबाट काठमाडौंतिर जादै गरेको बा ४ ख ६९१९ नम्वरको माइक्रो बस बैशाख १७ गते मोरङ्ग जिल्लाको सुन्दरहरैचा ७ ठडिया चोकमा र्दुघटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घट्नामा अरु दश जना यात्रु घाइते भएका थिए । काठमाण्डौ हिडेकी झापा भद्रपुर १५ की ५१ वर्षीया उमा निरौलाको मृत्यु भयो । उमाले लगाएको चुरा,कानमा लगाएको झुम्का र नगद १५ हजार दुर्घट्ना स्थलबाटै हरायो । अहिले इलाका प्रहरी कार्यलय बेलवारीमा करीब साडे ३ लाख बराबरको सामाग्री हराएको भन्दै मृतकका देवर धुब्र निरौला लगायतले उजुरी हालेका छन । तर उनीहरुको सामानको अहिले सम्म फेला परेको छैन । जेष्ठ ९ गते सिराहाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको ना ४ ख ४२५८ नम्बरको बस सुनसरीको इटहरी १ स्थित बरगाछी होम्स नजिकै पल्टदा सिरहा नगरपालिका–१९ बस्ने वर्ष ६५ को राम आषिश यादबको घटना स्थलमानै मृत्यु भयो । २१ जना घाईते भए । घाईतेहरुले आफ्नो सामान दुर्घट्ना स्थलमा भेटेनन्। धरान घर भएका महेश्वर यादबले दुर्घट्ना स्थालमा आफुले सिराहबाट ल्याएको प्याज तथा गहु सम्म नपाएको वताए । खेतीबाट ल्याएको ४ बोरा खाद्यन्न कस्ले लग्यो भन्ने अहिले सम्म उत्तोपत्तो छैन उनी भन्छन् । बेलवारी को लक्ष्मीमार्ग स्थित चिसाङभाङवारी पुलमा दैनिक जसो दुर्घटना हुनेगरेको स्थानीय राज कुमार निरौला वताउँछन । केहि समय अगाडी पुलमा ट्रक दुर्घटना भएको थियो ,चालकको साथमा रहेको नगद १६ हजार मैले प्रहरीलाई जिम्मा लगाएकको थिए तर पछि मृतक परीवारले उक्त रकम पाएनन रे निरौलाले भने । प्रहरी तथा उद्धारकर्ताहरु पनि लोभमा पिडितहरुको रकम नदिने गरेको उनी वताउँछन । अर्का स्थानिय गणेश लिम्बुले पनि दुर्घटना भएको व्यक्तिको नगद तथा सामान फेला परे सुरक्षित प्रहरीलाई नै बझाउने बताए । तर जनताले पाईनौ मात्र भन्छन् लिम्बुले थपे । दुर्घट्नामा सामान्य घाईते भएका यादवले दुर्घट्ना सम्झदै भने मान्छेहरुमा मानवता भन्दा पनि सामाग्रीतिर ध्यान दिने चलन बढेछ । अधिकांस दुर्घट्नामा पर्नेहरुको नगद सहित सुन गरगहनाहरु हराउँने गरेको प्रहरी पनि स्वीकार गर्छ । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठ भन्छन् धेरै दुर्घट्ना हुने ठाउँ र सबै मृतक भएको घट्नामा स्थलमा धेरै चोरीहरु भईरहेको हुन्छ श्रेष्ठ अन्यत्र ठाउँको अनुभव सुनाउँछन । मानवता हराएका केहिले भने दुर्घट्ना भएको स्थानमा रकम तथा सामाग्रीमा ध्यान दिईरहेको पाईन्छ उनी थप्छन । मानबता नभएकाहरुको ध्यान धन तिर जाने गरेकोले समस्या आउँछ उनले भने । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीका एसपी राजकुमार लम्सालले कतिपय ठाउँमा प्रहरी नपुगी नै त्यहा चोरी भईसकेको वताउँछन । प्रहरीमा सामान हराएको गुनासो आउँने गरेको भन्दै लम्साल भन्छन् दुर्घट्नाको समयमा स्थानीयलाई घट्ना स्थलमा छुन दिन नहुने वताउँछन । दुर्घट्नामा ज्ञान नभएकाहरुले र एकान्त ठाउँमा दुर्घट्ना पर्नेहरुको नगद तथा सामाग्री हराउँने गरेको उनी स्वीकार गर्छन ।