रंगेली /प्रधानमन्त्री केपी शर्मा ओलीले एक नम्वर प्रदेशमा विकासका लागी प्रचुर सम्भावना रहेकाले त्यसको उपयोग हुनेगरी प्रदेस सरकारले योजना वनाउनु पर्ने बताएका छन्।

एक नम्वर प्रदेशको संसदलाई आज सम्वोधन गदै आर्थिक समाजिक तथा भाौगालिक रुपले सवैभन्दा उपयुक्त विविधताले भरिएको प्रदेश रहेकाले यो विविधतालाई सम्मान गर्नुपर्ने वताए ।

उनले हिमाल,पहाड र तराईको विविधतालाई कसैले तोडन नसक्ने वताउदै प्रधानमन्त्री ओलीले समृद्ध र सुखि नेपाल वनाउन सरकारले सोही अनुसार निति तथा कार्यक्रम वजेटमा प्रस्तुत गर्नु पर्ने बताए ।

सुशासन र भ्र्रष्टाचार निर्मुलपार्न सरकारको प्रमुख लक्ष्य भएको भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार आफुले कहिले नगरेको र आफुले सरकारको नेतृत्व गरुन्जेलसम्म भ्रष्टाचार गर्नेको मुख समेत नहेरी कार्वाह गरिने बताए ।

अव स्थाइ सरकार वनेकाले जनताले पनी मुलुकमा सुशासन र भ्रष्टाचार निर्मुल होस भन्ने चाहेकाले जनताको चाहनालाई सम्मान गर्दै अव मुलुकलाई सहि दिशावाट अगाडी वढाउने अभियानमा आफु लागि सकेको वताए । उनले प्रदेश सासदहरुले पनि निर्वाचमा प्रतिवद्धता गरे अनुसार जनताले अनुभुतिगर्ने गरी विकास निमार्णको कामलाई अघि वढाउनुपर्नेमा जोड दिए । उनले महत्वपुर्ण र जनताले रोजेका योजनाका काम लिएर आए संघिय सरकारले त्यस्ता योजनामा वजेट विनयोजगर्न तयार रहेको बताए ।

जनताले चाहे अनुसार नया संविधान आईसकेको अवस्थामा र सवै तहको निर्वाचन भइसकेकोले अझैपनी यो वा त्यो वाहाना वन्द हडतालको त्रास देखाएर चन्दा माग्ने कुरा वर्तमान सरकारलाई स्विकार्य नहुने वताए ।