जबर्जस्ती करणी आरोपमा वृद्ध पक्राउ
राजविराज । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना वृद्धलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ बस्ने ६५ वर्षीय सिंहेश्वर पाण्डे रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । पाण्डेले बिहीबार सोही ठाउँ बस्ने १३ वर्षीया बालिकालाई भैँसी चराउन गएको बेला जबर्जस्ती करणी गरेको पीडितले आरोप लगाएका छन् ।
बालिकाको बुबाले यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भारदहमा जाहेरी दर्ता गराएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































