विराटनगर । साढे ३३ केजी सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका ३० जना अभियुक्त अझै फरार सूचीमा छन् । मोरङ प्रहरीले ६३ जना अभियुक्तलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमध्ये ३१ जना पुर्पक्षको लागि जेल चलान, १ जना धरौटीमा र १ जना सादा तारेखमा छुटे । अझै ३० जना फरार छन् । प्रहरीले १९ वैशाखमा पक्राउ परी मोरङ प्रहरीको हिरासतमा रहेका ३० जनासहित अन्यलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । फरार हुनेमा ९ माघमा अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएको साढे ३३ किलो सुनको लगानीकर्ता भनिएका एम.के. भन्ने मोहनकुमार अग्रवालसहित गोरेकी श्रीमती र भाइसमेत रहेका छन् । फरारमा गोरेकी श्रीमती निरु भन्ने नर्वदा उप्रेती (खरेल), भाइ रमेश उप्रेती पनि फरार प्रतिवादी हुन् । त्यसैगरी सुरेन्द्र गौतम, भोजे मामा भन्ने भोजराज भण्डारी, रुस्तम मियाँ भन्ने मोहम्मद उस्तम मिया“, टुकबहादुर मगर, रोहित आचार्य, भविन राई भन्ने भविन तामाङ, कृष्ण बस्नेत, सुनिलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल, चेतन भन्ने चेतनाथ भण्डारी, प्रमोदकुमार श्रेष्ठ, बेनु श्रेष्ठ, हरिशरण खड्का, कमल कार्की, मणिराज चौंलागाई, शिवकुमार गुभाजु, सुनिल श्रेष्ठ, आर.बी. भन्ने रक्षा भण्डारी, अर्जुनप्रसाद खरेल, रोशन भन्ने गुप्तलाल भुषाल, रामहरि कार्की, प्रयास पराजुली, सञ्जय अधिकारी, समिर अधिकारी, गीता श्रेष्ठ, माधव आचार्य, ओमप्रकाश नेवार रहेका छन् । गोरेले अदालतसमक्ष दिएको बयानमा पछिल्लोपटक आएको साढे ३३ किलो सुनको लगानीकर्ता एम.के. अग्रवालसहित भारतीय रहेको बताएका थिए । तर, उनले एम.के. बाहेक अन्यको नाम भने भनेका थिएनन् । आइतबारसम्म २ जनाले मात्र अदालतमा आएर आत्मसमर्पण गरेका थिए । फरार भएकामध्ये यसअघि उक्त मुद्दाका अभियुक्त एसएसपी श्याम खत्री र डाक्टर डेविट भन्ने छिरिङ वाङ्गेल घले अदालतमा सुटुक्क उपस्थित भएका थिए । एसएसपी खत्री गत बिहीबार र छिरिङ आइतबार अदालतमा आएर बयान दिई सोही दिन थुनछेकको बहसबाट न्यायाधीश नारयणप्रसाद शर्माले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका थिए । यसअघि जेठ ८ गते काठमाडौंबाट पक्राउ परेका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ पनि पुर्पक्षको लागि जेल चलान भएका छन् । उक्त मुद्दामा यसअघि २८ जना पुर्पक्षको लागि जेल चलान भएका थिए भने १ जना धरौटी र १ जना सादा तारेखमा छुटेका छन् । प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत वैशाख १९ गते ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध सङ्गठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।
यी हुन् फरार अभियुक्त १. सुरेन्द्र गौतम २. भोजे मामा भन्ने भोजराज भण्डारी ३. रुस्तम मिया“ भन्ने मोहम्मद उस्तम मिया“ ४. टुकबहादुर मगर ५. रोहित आचार्य ६. भविन राई भन्ने भविन तामाङ ७. कृष्ण बस्नेत ८. एम.के. मामा भन्ने मोहनकुमार अग्रवाल ९. सुनिलकुमार अग्रवाल १०. कृष्णगोपाल अग्रवाल ११. रेमश उप्रेती १२. चेतन भन्ने चेतनाथ भण्डारी १३. प्रमोदकुमार श्रेष्ठ १४. वेनु श्रेष्ठ १५. हरिशरण खड्का १६. कमल कार्की १७. मणिराज चौंलागाई १८. शिवकुमार गुभाजु १९. सुनिल श्रेष्ठ २०. आर.बी. भन्ने रक्षा भण्डारी २१. अर्जुनप्रसाद खरेल २२. रोशन भन्ने गुप्तलाल भुषाल २३. रामहरि कार्की २४. प्रयास पराजुली २५. सञ्जय अधिकारी २६. समिर अधिकारी २७. गीता श्रेष्ठ २८. निरु भन्ने नर्वदा खरेल उप्रेती २९. माधव आचार्य ३०. ओमप्रकाश नेवार