धरान पानवारीबाट लागुऔषधसहित दुई पक्राउ
सुनसरी। सुनसरीको धरानबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई शुक्रबार राती पक्राउ गरेको छ।
धरान ६ बाट को १ ह ९७४२ नम्बरको ट्याम्पुको सिट मुनिबाट प्रहरीले नाईट्रोसन २६० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन प्लस ६३ क्याप्सुलसहित चालक धरान ११ बस्ने भबिन तामाङ्ग र धरान ६ बस्ने समिर बस्नेतलाई पक्राउ गरिएको हो।
बरामद लागुऔषध, ट्याम्पु र दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई राखीएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































