मधुमल्ला । मोरङ मिक्लाजुङ गाउबासीको दुध बिक्री नहुँदा किशान निराश बनेका छन् । मिक्लाजुङ–८ तोरिबारीस्थित तोरीबारी लघुउद्यमी कृषि सहकारी संस्थानको चिस्यान केन्द्रले दुध नलिँदा किशानहरु निराश बनेका हुन् । किशानले उत्पादन गरेको दुधले बजार नपाउँदा उनीहरु समस्यामा परेका हुन् । केन्द्रले किशानबाट उत्पादित दुधको मात्रा घटना लिने गरेको कृषक धनबहादुर निरौलाले बताए । उनले दैनिक २० लिटर दुध उत्पादन भए पनि केन्द्रले ११ लिटर मात्रै लिने गरेका कारण समस्यामा परेको बताए । केन्द्रमा दैनिक १९४ कृषकले दैनिक एक हजार लिटर भन्दा बढी दुध जम्मा गदैं आएको संस्थाका अध्यक्ष रमेश बस्नेतले बताए । केन्द्रमा हाल आएर छ सय देखी सात सय लिटर मात्र दुध संकलन गर्ने गरेको कर्मचारी कुलबहादुर विष्टले बताए । गोरस डेरी बिराटचोक र जीवन विकाश डेरी बिराटनगरसँग गतवर्ष चिस्यानमा संकलित दुध लिने सहमती गरेको भए पनि ती संस्थाले दुध लिन आनाकानी गरेपछि किशानको दुध केन्द्रले लिन छाडेको हो । केन्द्रमा सबैभन्दा बढी दुध सङ्कलन गर्ने कृषक खडिबहादुर राय दैनिक ५० लिटर दुध उत्पादन गर्छन् । उनले केहि समय अघि सहकारी मार्फत ऋण लिई उन्नत जातका गाई खरिद गरी कृषि पेशा अंगालेका थिए । अहिले दुध बिक्री नहुँदा गाईलाई दानापानी खुवाउनसमेत समस्या परेको उनी बताउँछन् । कोन्द्रका अध्यक्ष रमेश वस्नेतले यो समस्या केन्द्रमात्रै नभई सबत्र रहेको बताउँदै तर्किए । उनले विगतको तुलनामा केही कटौती गरेर लिएको स्वीकारे । केही महिनापछि कृषकको दुधले पुन बजार पाउने उनले बताए ।